बर्दियाको दुवै क्षेत्रमा सुरुवात देखि रास्वपाको अग्रता कायमै
शनिबार, फागुन २३, २०८२ मा प्रकाशित

बर्दिया,फागुन २३ (फरकसमाचार)/ बर्दियाको दुवै क्षेत्रमा रास्वपाको अग्रता छ । मतगणनाको सुरुवातबाट दुवै क्षेत्रमा रास्वपाको अग्रता कायमै रहेको छ । निर्वाचन क्षेत्र नंम्बर १ मा ५० हजार ८ सय २२ मतगणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका ठाकुर सिंह थारुले २७ हजार ५ सय ४५ मत प्राप्त गरेका छन् । यस्तै एमालेका शालिकराम अधिकारीले ८ हजार ६ सय २९, काँग्रेसका संजय कुमार गौतमले ४ हजार ७ सय ९९ र नेपाली कम्युनिष्ट पार्टीका विष्णु प्रसाद चौधरीले ४ हजार ४ सय ४५ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यस्तै मतगणनाको पछिल्लो अपडेट अनुसार निर्वाचन क्षेत्र नंम्बर २ मा ३५ हजार ६ सय २८ मतगणना हुँदा रास्वपाका श्रीधर पोखरेलले १२ हजार १ सय ३८, नेपाली काँग्रेसका किशोर सिंह राठोरले ८ हजार १ सय २९, नेपाली कम्युनिष्ट पार्टीका सुरेश पन्थले ६ हजार ३ सय ३८ र एमालेकी बिमला विकले ४ हजार १ सय ८७ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

पछिल्लो मतपरिणाम अनुसार क्षेत्र नंम्बर १ मा २ हजार ४ सय ४८ र क्षेत्र नंम्बर २ मा १ हजार ८ सय ३७ बदर मत रहेको जनाईको छ ।
निर्वाचन क्षेत्र नंम्बर १ मा जम्मा १ लाख ६८ हजार ३४ मतदाता मध्ये १ लाख २ हजार ८ सय ३६ मत खसेको छ भने निर्वाचन क्षेत्र नंम्बर २ मा जम्मा १ लाख ५५ हजार २ सय ३२ मतदाता मध्ये ९४ हजार ३ सय ६३ मत खसेको जनाईको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय