बर्दिया–१ बाट ठाकुरसिंह थारु निर्वाचित
आइतबार, फागुन २४, २०८२ मा प्रकाशित

बर्दिया,फागुन २४ (फरकसमाचार)/ जिल्लाको निर्वाचन क्षेत्र नंम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका ठाकुर सिंह थारु निर्वाचित भएका छन् । क्षेत्र नंम्बर १ को अन्तिम मतगणना परिणाम अनुसार थारुले ४९ हजार ६ सय ३१ मत प्राप्त गरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।

प्रतिनिधिसभा सदस्य निर्वाचनका उम्मेदवार मध्ये ठाकुर सिंह थारुले सबै भन्दा बढी मत ल्याई निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत मनोज श्रेष्ठले आइतबार घोषणा गरेका छन् ।

उनका निकटतम प्रतिद्धन्दी एमालेका शालिकराम अधिकारीले १४ हजार ६ सय ४३ मत प्राप्त गरेका गरेका छन् । यस्तै नेपाली काँग्रेसका संजय कुमार गौतमले १२ हजार ७ सय २२ र नेपाली कम्युनिष्ट पार्टीका विष्णु प्रसाद चौधरीले ९ हजार २ सय ८५ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

क्षेत्र नंम्बर १ मा जम्मा १ लाख ६८ हजार ३४ मतदाता मध्ये १ लाख २ हजार ४ सय ८९ मत खसेको थियो । जसमा सदर मत ९६ हजार ६ सय ९ र बदर मत ५ हजार ८ सय ८० रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यस्तै निर्वाचन क्षेत्र नंम्बर २ को मतगणना अन्तिम चरणमा रहेको जनाईएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय