बर्दिया राष्ट्रिय निकुञ्जमा तीन प्रजातिका नयाँ चरा
मङ्गलबार, मङि्सर ३०, २०७७ मा प्रकाशित

 

२९ मंसिर २०७७, (फरक समाचार)बर्दिया राष्ट्रिय निकुञ्जमा पंछी अबलोकनका क्रममा तीन प्रजातिका नयाँ चराको अभिलेख गरिएको छ । नयाँ भेटिएका चराहरु धोबिनी खञ्जरी (Blue-capped Redstart), कैलोकण्ठे तोरीगाँडा (Rufous-chinned Laughingthrush) र शिला बगेडी (Rock Bunting) रहेका छन् । जस अनुसार चराका प्रजाति ५१३ बाट ५१६ पुगेको छ ।

सन् १९८८ मा स्थापना भएको बर्दिया राष्ट्रिय निकुञ्जको उत्तरी भुभाग राजकाँडा र गाइनेकाँडा को बिचमा बर्दिया नेचर कन्जरभेसन क्लबका अध्यक्ष राम शाही र संस्थाका सदस्य विष्णु थापा (राजु) र अनुसन्धानकर्मी रिचा बलाएरको टोलीले उक्त तिन प्रजातिको चराहरु यसै महिनाको १३ गते देखि १५ गते सम्मको पंछी अबलोकन पदयात्रामा भेटेका थिए ।

विश्वमै दुर्लभ २५ प्रजातिका चराहरु मध्ये ५ अति संकटापन्न, ६ संकटापन्न र १३ संवेदनशिल प्रजाति भेटिने यस निकुञ्जमा १२८ प्रजातिका राष्ट्रिय रुपमा दुर्लभ पंछीहरु छन् । जस मध्ये २८ अति संकटापन्न, ३८ संवेदनशिल र ४१ संकटको नजिक रहेको विसियन र डियनपिडब्लुसिद्धारा सन् २०१९ मा प्रकाशित बर्डस् अफ बर्दिया नेशनल पार्कमा उल्लेख गरिएकोछ ।

शान्त, सुन्दर र मानवीय चहलपहल अन्य निकुञ्जको तुलनामा न्यून रहेको यस निकुञ्जमा कतिपय स्थानमा अझै अध्ययन अनुसन्धान गर्न बाँकी रहेको र नयाँ प्रजातिका वन्यजन्तु थपिनेमा कुनै दुईमत नरहेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत बिष्णु श्रेष्ठ बताउनुहुन्छ । श्रेष्ठ थप्नु हुन्छ; नेपालको अन्य स्थानमा भेटिने चराका प्रजातिहरु आफ्नै निकुञ्जमा भेटिनु सुखद कुरा हो ।

बिगतका दिनमाहरु निकुञ्ज सँग सहकार्य गरि पंछी तथा वन्यजन्तुको नियगमन गरिरहेको र आगामी दिनमा पनि निकुञ्ज सँगै समन्वय गरि पंछी तथा वन्यजन्तुको अध्ययन, अनुसन्धान तथा नियगमन गर्ने र केहि दिनमा नेचर गाइडको टिमहरुलाई नयाँ स्थान तर्फ पंछी अवलोकनका लागि पठाउन लागेको बर्दिया नेचर कन्जरभेसन क्लबका अध्यक्ष राम शाहीले जानकारी दिनुभयो ।साभार मर्दी न्युज

प्रतिक्रिया

सम्बन्धित खवर