शिक्षक राजेन्द्र श्रेष्ठको गैरन्यायिक हत्या भएको निष्कर्ष
बिहिबार, पुष ०२, २०७७ मा प्रकाशित

२पुस -मोरङ मिक्लाजुङका शिक्षक राजेन्द्र श्रेष्ठको गैरन्याधिक हत्या भएको मानव अधिकारवादीहरूको निष्कर्ष छ। बिहीबार मानवअधिकारवादीहरूको समूहले स्थलगत रुपमा गरेको अध्ययन  प्रतिवेदन सार्वजनिक गर्दै  शिक्षक श्रेष्ठको हत्या गैर न्यायिक भएको निष्कर्ष निकालेको हो।

इन्सेक प्रदेश १ का संयोजक सोमराज थापाले माओवादीहरूले प्रतिकारमा मारिएको भने पनि शिक्षक श्रेष्ठलाई हात बाँधेर लगि यातना दिएर निर्ममतापूर्वक मारिएको बताए। ‘कुनै राजनीतिक कारणले शिक्षक श्रेष्ठको हत्या गरिएको नभई गैर न्यायिक हत्या गरिएको हाम्रो निष्कर्ष छ’, थापाले भने। उनले नेकपा  विप्लव समूहले  प्रतिकारमा मारिएको दाबी गरे पनि त्यो दाबी सत्य नभएको बताए। ‘हात बाँधेर ५÷६ जना मानिसले लिएर गएका मानिसले कसरी प्रतिकार गर्न सक्छन् ’, उनले भने ‘विप्लव समूहले प्रतिकारमा मारिएको भनि झुटो विवरण सार्वजनिक गरेर यथार्थ लुकाउन खोजेको देखिन्छ।’

मानअधिकार तथा वातावरण मञ्च फरेनका अध्यक्ष यज्ञप्रसाद शर्माले नेकपा विप्लव समूहले विज्ञप्तिमा भनेजस्तो सम्झाउन जाँदा आक्रमण गर्न खोजेकाले प्रतिकारमा मारिएको भन्ने दाबी लासको प्रकृती, स्थानियवासीको भनाई र  पोष्टमाटम रिपोर्टले पुष्टि  नगर्ने बताए। उनले भने‘शिक्षक श्रेष्ठलाई नियन्त्रणमा लिएर निर्मम यातना पछि विभत्स तरिकाले हत्या गरेको देखिन्छ।’ शिक्षक श्रेष्ठको हत्या पछि त्यस क्षेत्रका मानिसहरू आतंकित भएर विस्थापित हुने स्थितिमा पुगेको प्रतिवेदनमा उल्लेख छ। शिक्षक श्रेष्ठको मंसिर २३ गते विहान ६ जनाको समूहमा आएक व्यक्तिहरूले हात बाँधेर स्थानिय देउढुंगा जंगलमा पु¥याई चरम यातना दिएर घाँटीरेटी हत्या गरेका थिए। साभार नागरिक दैनिक

प्रतिक्रिया

सम्बन्धित खवर