कोरोना कहर:गाउँ गाउँ संक्रिमितको संख्या बढ्दै,नियन्त्रण भन्दा बाहिर जाने जोखिम
आइतबार, पुष ०५, २०७७ मा प्रकाशित

कोरोनाको संक्रमितको संख्या १ हजार ७ सय छ भने संक्रमित मध्यमा ९२ जनामा सक्रिय भाईरस रहेको जिल्ला स्वास्थ्य कार्यालय बर्दियाले जनाएको छ

बर्दिया,पुस ४(नागरिक)
बर्दियाका मुख्य बजार गुलरिया,राजापुर,मधुवन,मगरागढी,ठाकुरवावाका भुरिगाउँ हुन । यी बजारमा भारतसँग जोडिएका र नेपालगंजसँग आवत जावत हुने बजारमा कोरोना संक्रिमित संख्या बढ्यो ।
त्यस्ता ठाउँको पहिचान गरेर सचेतना अभियान जिल्लाको सदरमुकाम वाट शुरु भयो । फलस्वरुप संबेदनशिल ठाउँ कोरोना संक्रमितको संख्या घटेको रेकर्डमा देखाउँछ । तर,पहिला संक्रमित संख्या कम भएका ठाउँमा अहिले संख्या बढिरहेको पाईएको छ । राजापुर,भरिगाउँ र ठाकुरद्धारामा क्षेत्रमा कोरोना संक्रमित बढिरहेको पाईएको छ । विद्यालय संचालनमा रहेकाले यदि बिद्यालयका विद्यार्थीवाट कोरोना संक्रमण नियन्त्रण बाहिर जाने जोखिम बढको छ । होटल व्यबसाय,सेमिनार गोष्ठि भईरहेपनि स्वास्थ्य मापदण्ड नअपनाउँदा संक्रमित संख्या बढेको स्वास्थ्यकर्मी वताउँछन् ।
कोरोना संक्रमित संख्या सबै बजारमा देखिदा बढ्दो ग्राफ भएको प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले वताए ।‘पहिला थोरै संख्यामा देखिएको राजापुर क्षेत्रमा कोरोना संक्रमित बढी देखिएका छन्’उनले भने,‘संक्रमित बढ्नुमा स्वास्थय मापदण्ड नगुर्न हो,जुन ठाउँमा देखियो स्वास्थ्य मापदण्डमा कडाई भयो, नदेखिएका ठाउँमा संक्रमितको ग्राफ बढ्दो अवस्थामा छ ।’स्वास्थ्य मापदण्ड अपनाएर सर्वसाधरण,बुजरुक,बद्ध,बृद्धा,वाल वालिकाले हिँडडुल गर्न पर्ने उनले आग्रह गरे । संक्रमितमा पनि सक्रिय भाईरसको संख्या बढिरहेकाले संक्रमण नियन्त्रण बाहिर जान नदिन प्रशासनले हातेमालो गर्नु पर्ने उनको भनाई छ ।
शुक्रवार कोरोना संक्रमणवाट एकको मृत्यु भएको छ ।वारबर्दिया नगरपालिका १०का ७२वर्षिय लौटन थारुको कोरोना संक्रमण मृत्यु भएको हो ।यस्तै,कोरोना संक्रमणवाट वडा अध्यक्ष,क्याम्पस चिफ लगायतको मृत्यु कारण कोरोना संक्रमण रहेको प्रजिअ अधिकारीले बताए । बृद्ध बृद्धा र अशक्तमा कोरोना संक्रमण निको नहुदा ज्यानको जाने जोखिम बढेको उनको भनाई छ । कोरोना संक्रमणवाट वच्न स्वास्थ्य मापदण्ड अपनाउँनु पर्ने उनले पटक पटक दोहोराए ।
कोरोनाको संक्रमणवाट मृत्यु हुनेको संख्या १७ पुगेको जिल्ला स्वास्थ्यका फोकल पर्सन नरेश वावु श्रेष्ठले जानकारी दिए । जिल्लामा १ हजार ४ सय ८ जना कोरोनावाट संक्रमिति भएका छन् । त्यसमध्य ९२ जना भाईरस सक्रिय छ । ८ जना अस्पतालमा भर्ना भएका छन् । ८ जना मध्य तीन जनाको भेरी अन्चल अस्पतालमा उपचार भईरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर