सरोकारवालाहरुसँग अभिमुखीकरण
बुधबार, पुष ०८, २०७७ मा प्रकाशित

चन्द्र वि.क.

बर्दिया पुस ८ बर्दियाको मधुवन नगरपालिका अन्र्तगत रहेको साईनो कटेजमा मागमा आधारित सीप विकास साझेदारी कार्यक्रमको लागि सरोकारवालाहरुसंग अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

यूसेप नेपाल र वल्र्ड भिजन एडभोकेशी फोरम(WVAF)को संयुक्त आयोजनामा भएको सरोकारवालाहरुसँग अभिमुखीकरण कार्यक्रममा मधुवन नगरपालिका उप–प्रमुख सुवरानी थारुको अध्यक्षता रहेको थियो ।

सो अभिमुखीकरणमा ७ प्रकारका सीप विकास तालिमहरुबाट बर्दिया का २ सय ४० जना लाभान्वित हुने कुरा कार्यक्रम प्रस्तोता तथा युसेप नेपाल बर्दिया शाखाका जिल्ला संयोजक रमेश कुमार चौधरीले बताए । उपरोक्त तालिमहरु इलेक्ट्रिसियन, प्लम्बर, पेन्टर, डकर्मी, सटर बनाउने, एक्जाभेटर र बार बेन्डर रहेका छन् ।

एक्जाभेटर बाहेकका ६ वटा ३ महिने तालिमहरु बर्दियाको विभिन्न नगरपालिकाहरुमा संचालन गरिने र ६ महिने एक्जाभेटर अपरेटरको तालिम काठमाण्डौमा संचालन हुने कुरा संयोजक चौधरीले बताए । उहाँले कार्यक्रम प्रस्तुतीकरण गर्दै युरोपियन युनियनको आर्थिक सहयोग र ब्रिटिश काउन्सिलको व्यवस्थापनमा दक्षता परियोजना अन्र्तगत युसेप नेपाल र वल्र्ड भिजन एडभोकेशी फोरमद्धारा प्रवधित कार्यक्रमका लागि उपरोक्त तालिमहरुको विभिन्न नगरपालिकामा गरिएको परामर्श बठैकबाट छनौट प्रक्रिया सकिएको जानकारी गराए ।

प्रतिक्रिया

सम्बन्धित खवर