कोरोना संक्रमणले मृत्यु दर बढ्योः बर्दियामा १९ जनाको मृत्यु
बिहिबार, पुष १६, २०७७ मा प्रकाशित

पुस १६ (फरकसमाचार) कोरोना संक्रमितको मृत्यु दर बर्दिया जिल्लामा बढिरहेको पाईएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार अहिले सम्म कोरोना संक्रमित १९ जनाको मृत्यु भएको छ ।

कोरोना संक्रमित १ हजार ४ सय ५२ रहेको छ । सरकारले लकडाउँन खुकुलोसँगै कोरोना संक्रमितको सख्या बढिरहेको छ । मंगलबार राति एक महिलाको मृत्यु भएको छ ।

ठाकुरवावा ९ वस्ने एक महिलाको भेरी अस्पताल मृत्यु भएको छ । उपचारको क्रममा रहेकि उनको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य कार्यालयका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

यद्यपि कोरोना संक्रमण कन्ट्याक्ट टेसिङको आधारमा कोरोना परिक्षण गरिएको छैन ।
यसअघि कोरोना परीक्षण लक्षण देखिएपछि गरिने भएकाले कोरोनाको संक्रमितको संख्या ह्वात्तै बढ्ने चिकित्सक अनुमान गर्छन ।
‘पहिला चेक गराउँदा कोरोना संक्रमित संख्या धेरै देखिएको थियो’एक चिकित्सकले भने,‘परीक्षण कम हुने हुनाले कोरोना संक्रमित संख्या बढ्न सक्छ ।’चिसो मौसम भएकाले पनि कोरोनाबाट जोखिम हुने चिकित्सक बताउँछन् ।

सरकारले लकडाउँन खुुकुलोसँगै मानिसहरु स्वास्थ्य मापदण्ड नअपनाई हिडडुल गर्दा कोरोना संक्रमण सर्ने जोखिम बढेको छ ।
स्वास्थ्य मापदण्ड अपनाएर हिड्न प्रमुख जिल्ला अधिकारीले लिलाधर अधिकारीले आग्रह गरे ।

‘लकडाउँन खुकुलो भएका कारण लापरवाही गरेको देखिन्छ’ उनले भने,‘कोरोना संक्रमण फैलिने खतरा बढेकाले सजग रहन जरुरी छ ।’
कोरोना संक्रमण फैलिन नदिन स्वास्थ्य मापदण्ड हरेक व्यक्तिले अपनाउँन पर्ने उनको आग्रह छ ।
कोरोनालाई सामान्य रुपमा नलिन उनले पटक–पटक आग्रह गरे ।

उनका अनुसार कोरोना संक्रमण बजार भन्दा ग्रामिण क्षेत्रमा फैलिएको रेकर्डले पुष्टि गरिरहेको उनको भनाई छ । ‘पहिला धेरै संक्रमित भएका ठाउँमा कम भेटिएको छ भने पहिलो चरणमा नदेखिएको ठाउँमा संक्रमित बढिरहेका छन्’उनले भने । उनका अनुसार कोरोना संक्रमण जोखिम न्यूनिकरणका लागि प्रत्येक पालिका सचेतना र स्वास्थ्य मापदण्ड पाल्न आग्रह प्रशासनले गरिरहेको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका फोकल पर्सन नरेश श्रेष्ठले कोरोना संक्रमितको संख्या १ हजार ४ सय ५२ छ भने ७१ जना संक्रमित विरामीको भेरी अञ्चल अस्पताल र बाँकेका शिक्षण अस्पतालमा उपचार भईरहेको छ । उनका अनुसार सामान्य अवस्थामा रहेका विरामीलाई जिल्लामा उपचार गरिएको छ भने सक्रिय भाईरस भएका संक्रमित उपचार नेपालगंजमा भईरहेको छ । सुरुमा रुखा, खोकि र ज्वरो आएकाको कोरोना परीक्षण गर्दा अधिकांशमा कोरोना संक्रमण भेटिएको छ । कोरोना संक्रमितको स्वास फेर्न र उच्च रक्तचाप कारण संक्रमित हुने गरेको एक चिकित्सकले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर