बर्दिया,पुस २४
देशभरकै मालपोत कार्यालय भिँड भाँड हुन्छ । कसैले भन्न पर्दैन तर नेपाली हो भने त्यसको दिमाग भनिहाल्छ । मालपोतमा भिँडभाड हुन्छ । त्यै पनि कामका लागि लाईन लाग्न परे त खासै गुनासो गरिहाल्ने चलन छैन । एउटा सामान्य कामको लागि साता दिन वित्दा काम भएन भने दिकदारी सेवाग्राही व्यक्त गर्छन ।
लाईनमा बसेर दुई चार दिन वित्दा समेत समान्य काम नभई फर्कदा पिडा कहन बाध्य हुन्छन । यस्तै नियति मालपोत कार्यालय,बर्दियाका सेवाग्राही भोग्न बाध्य छन् ।
कर्मचारीले विभिन्न किसिमका अवरोध सिर्जना गर्छन । सेवा ग्राहीको काममा कर्मचारीले अवरोधको चाङ लगाउँदा सेवाग्राही अतालि न्छ।त्यस्तै मालपोत कार्यालयमा सास्ती भोगिरहेका एक सेवा ग्राहीले एक आपसमा भन्छन्,‘तपाईंलाई के लाग्छ कुन्नी ? मलाई चाहिँ मालपोत कार्यालयमा जान नपरे हुन्थ्यो ’जस्तो लाग्छ ।
सेवाग्राहीको असन्तुष्टिमा तितो यर्थाथ लुकेका छ । यस्तो भोगाईमा पर्ने सेवाग्राही आम सर्वसाधरण भएको पाईएको छ । घुस कसलाई दिने भन्ने थाहा नपाएका सेवाग्राहीको व्यथा दर्दनाक भएको पाईएको हो । घुस को लाई ख्वाउँने हो भन्ने चाल नपाएका सेवाग्राही दिनभरी कार्यालयमा धाउँने काम नभएपछि घर फर्कन बाध्य भएका छन् ।
मालपोतका कार्यालयमा पुगेका अर्का सेवाग्राही भन्छन,‘यस कार्यालयमा पैसा तिरो तमासा देख्यो भन्ने उक्तिसँग मिल्छ । ’स्रोतका अनुसार
मालपोत कार्यालय दिने सेवामा दस्तुर तोकिएको छ । सरकारले दिने सेवामा कर्मचारीलाई दिन पर्ने अतिरिक्त दस्तुर नबुझाए सम्म काम नहुने सेवाग्राही बताउँछन् ।‘खै कसले नियन्त्रण गर्ने हो ? मालपोत कार्यालयमा सेवाग्राहीले पाउँने सास्ती’उनी भन्छन् ।
‘लम्बेतान प्रक्रियाको जालोमा पर्न नपरे हुन्थ्यो जस्तो लाग्छ । लागेर के गर्नु ? काम विषेशले मालपोत कार्यालय धाइरहनुपर्छ ।हाकिम देखि फाट कर्मचारीलाई भन्दा सुनुवाई हुदैन ’अर्का सेवाग्राही रामवहादुर चौधरीले भने ।
सरकारी जागिर कसले खान सक्ने दम्भ पालेका कर्मचारी सामु सेवाग्राही निरह बनेको उनले सुनाए ।
यसअघिका शासकका इतिहास, जन्ममिति र मृत्युतिथिका वस्तुगत प्रश्न रटेर लोकसेवाको लडाईं जितेर आएका कर्मचारीसामु सर्वसाधरण निरिह बनेपनि मालपोत कार्यालय सेवाग्राही मैत्री बनाउँनका लागि सम्बन्धित निकायसँग सर्वसाधरणले आग्रह गरेका छन् ।