चार जना पूर्व पत्रकार तथा अहिलेका जनप्रतिनिधि शुशिला गिरी, यूवराज श्रेठ, प्रताप गौतम र बिनयराज भण्डारीलाई पत्रकार महासंघको साधारण सभाको उद्घाटन सत्रमा महासंघको सदस्यता नविकरण नहुने घोषणा गर्दै पत्रकार भुमिकामा रहेका जनप्रतिनधि चार जनाकोे सुखद भविष्यको कामना गर्दै काधमा रहेको जनप्रतिनिधिको जिम्मेवारी सम्हाल्नका लागी बिदाई र सम्मान गरेर बर्दिया जिल्ला शाखा पत्रकार महासंघले एक साथ भव्य कार्यक्रम सम्पन्न गरेको छ ।
बर्दिया,(फरकसमाचार)
गुलरिया नगरपालिका उप–प्रमुख शुशिला गिरी नेपाल पत्रकार महासंघको केन्द्रिय पार्षद थिईन् । विगतमा पत्रकारीता क्षेत्रको पृष्ठ भुमिकि गिरी स्थानीय तहको निर्वाचनमा उप–प्रमुखमा प्रतिस्पर्धा गरिन् ।
पत्रकारको पृष्ठ भुमिमा रहेर चुनाव जितेकि गिरी अहिले गुलरिया नगरपालिकाको उप –प्रमुख जिम्मेवारीमा छिन् ।
सोमबार पत्रकार महासंघ बर्दिया शाखाको साधारण सभा जस्तो औपचारिक कार्यक्रममा गिरीको भविष्यमा सुखद कार्यकालका लागि शुभकामना सहित संघले बिदाई ग¥र्यो । पत्रकार महासंघका सदस्य र जनप्रतिनिधि गिरीलाई नगर प्रमुख मुक्तिनाथ यादवले सम्मान गरे भने संघका अध्यक्ष राजेन्द्र धितालले यस बर्ष देखि गिरीको महासंघको सदस्यता नविकरण नहुने घोषणा गरे । उप–प्रमुख गिरीले संघले गरेको बिदाई र सम्मान स्वीकार्दै पत्रकारीता क्षेत्रमा धेरै कुरा सिक्न पाएको सुनाईन् । पत्रकारबाट जनप्रतिनिधि जस्तो गरिमामय पदको जिम्मेवारी पाउँनुमा पत्रकारीता क्षेत्रमाा चुहाएका पसिनाले धेरै कुरा सिक्दा सम्भव भएको उल्लेख गर्दै आहोभाग्य भएको उनको भनाई छ ।
यस्तै वडा नम्बर १ का अध्यक्ष प्रताप गौतमले विगतमा समावेशी पत्रिकाको प्रकाशक÷सम्पादकको भुमिकामा काम गरे । गौतमको परिचय पहिले पत्रकार अहिले जनप्रतिनिधि रुपमा छ । पत्रकार महासंघले आयोजना गरेका कार्यक्रम सोमबार अनुपस्थित गौतमलाई जनप्रतिनिधि भएर काम गर्न सकिने र महासंघको सदस्यता नरहेको भन्दै संघले सम्मान सहित बिदाई गरेको छ ।
यस्तै वडा नंम्बर ७ का सदस्य विनयराज भण्डारीले गेरुवा एक्सप्रेसमा सम्पादकका रुपमा काम गरे भने भण्डारीको आबद्धता ईमेज र सगरमाथा टेलिभिजनमा समेत थियो । अहिले उनी नेपाली कांग्रेसको समर्थक प्रेस यूनियनमा अध्यक्ष जिम्मेवारी उनको काधमा छ । भण्डारी पनि वडा नं ७ को सदस्यमा निर्वाचित जनप्रतिनिधि हुन् । भण्डारीको पनि पत्रकार महासंघको सदस्यता नबिरकण नहुने संघले जनाएको छ ।
यस्तै वडा नं. ५ का सदस्य युवराज श्रेष्ठ पनि लामो समय कलम चलाएका पत्रकार हुन् । श्रेष्ठ पनि मोफसलका पत्रिकामा प्रकाशक÷सम्पादकको भुमिका निर्वाहा गरेका चर्चित पत्रकार मध्यमा पर्छन् । प्रिन्ट मिडिया स्पेशटाईम, राजधानी र ईलेक्ट्रोनिक मिडिया एभिन्यूज र नेपाल टेलिभिजन बर्दिया वेसमा काम गरेका उनको पत्रकारीतामा लामो अनुभव छ । नेपाली कांग्रेस समर्थक प्रेस यूनियको केन्द्रिय उपाध्यक्षमा जिम्मेवारीमा बसि सकेका छन् । तर अहिले उनी वडा नंम्बर ५ का जनप्रतिनिधि हुन् । श्रेष्ठको पनि यस वर्ष देखि पत्रकार महासंघको सदस्यता नबिकरण नहुने भनेको छ ।
महासंघको शुद्धिकरण अभियान अन्र्तगत जनप्रतिनिधिलाई महासंघको सदस्यता नरहने निर्देशन अनुरुप बर्दियाका पत्रकार, गिरी, भण्डारी, गौतम र श्रेष्ठको पत्रकार महासंघको सदस्यता नविकरण नहुने अध्यक्ष राजेन्द्र धितालले जानकारी दिए । ‘केन्द्रिय सरकुलर अनुसार पहिलो चरणमा जनप्रतिनिधिका सदस्यता नविकरण नहुने भएको छ’ उनले भने,‘महासंघको सदस्यता लिएका शिक्षक, निर्माण व्ययवसायी र व्यापारी सदस्य चरण बद्ध रुपमा सदस्याता नविकरण नहुने नियम सरकुलर छ ।’ श्रमजिवि पत्रकारको पवित्र छाता संगठनमा आबद्ध हुने सदस्यले व्यवसायीक रुपमा काम गर्ने वातावरण लागि शुद्धिकरण अन्र्तगत पहिलो चरण शुद्धिकरण भएको उनको भनाई छ ।