प्रचार प्रसारको अभावमा पर्यटकिय क्षेत्र ठाकुरद्धारा जस्ता दर्जनौ पर्यटकिय गन्तव्य ओझेलमा परेको छ । वाईल्ड एनिमलको प्रचुर सम्भावना बोकेको निकुञ्जमा समेत आन्तरिक तथा बाह्य पर्यटक भित्रने क्रम न्यून रहेको रेकर्डले पुष्टि गर्छ । बर्दिया राष्ट्रिय निकुञ्ज घुम्न आउँने पर्यटकले बाघ देखेको खुसी साट्ने गरेपनि पर्यटक भित्रने क्रम अपेक्षाकृत भएको छैन । पर्यटकिय गन्तव्यको प्रचार प्रसारलाई मध्यनजर गरेर शुरु गरिएको टुर दि ठाकुरद्धारा अभियान प्रभावकारी हुने संरक्षणकर्मी बताउँछन् ।
रामप्रसाद चौहान/निकिता मैनाली
बर्दिया, माघ २४ / पश्चिम नेपालको पर्यटकिय गन्तव्य ठाकुरद्धारा पछिल्लो समय बाघ बासस्थानको रुपमा परिचित छ । देशकै प्राकृतिक बासस्थानमा रमाएको कृष्णसार(ब्लाकबक) गुलरियाको खैरापुरमा देखिन्छ । यस्तै देशकै नमुना सिमसार बढैयाताल गाउँपालिकामा पर्छ । बर्दिया राष्ट्रिय निकुञ्ज घुम्न आउँने पर्यटकले बाघ देखेको खुसी साट्ने गरेका छन् ।
तर पनि प्रचार प्रसारको अभावमा पर्यटकिय क्षेत्र ठाकुद्धारा ओझेलमा परेको छ । वाईल्ड एनिमलको प्रचुर सम्भावना बोकेको निकुञ्जमा आन्तरिक तथा वाह्य पर्यटक भित्रने क्रम न्यून रहेको रकर्डले पुष्टि गर्छ । यसैलाई मध्यनजर गरेर ‘टुर दि ठाकुरद्धारा अभियान’ प्रभावकारी हुने संरक्षणकर्मी बताउँछन् । पर्यटक भित्राउँने अभियानलाई सार्थक बनाउँन साईकल यात्री लागिपरेका छन् । शुक्रवार ठाकुरद्वारा पर्यटकीय क्षेत्रलाई चिनाउन अभियान अन्र्तगत टुर दि ठाकुरद्धारामा सयौं साईकल यात्री सहभागी भए । नेपालगंजबाट सुरु गरेको साईकल यात्रा गुलरिया हुदै ठाकुरद्वारा सम्म पुग्ने गरी अघि बढेको छ । शनिवार र आईतवार हुने साईकल यात्रीले देश र विदेश सम्म प्रचार गरेर योगदान प¥याउँने लक्ष्य साथ अघि बढेको छ ।
पर्यटनको विकास र सम्बद्धनका लागि साईकल यात्रा शुरु गरेको अभियानका अध्यक्ष श्रीराम सिग्देलले बताए । ‘बाँके र बर्दिया पर्यटकका लागि भर्जिन क्षेत्र धेरै छन्’उनी भन्छन्,‘विश्व जगतमा चिन परीचित नहुँदा ओझेलमा परेका छन् ।’
साईकल यात्रीको माध्यमबाट आझेल परेका पर्यटकिय क्षेत्र पहिचान गराउँनका लागि पहल गरिरहेको उनले सुनाए । ‘कृष्णसार संरक्षण क्षेत्र, निकुञ्ज, बढैयाताल सूचिकृत सम्पदा हुुन’ उनले भने,‘पर्यटक घुम्ने उच्च सम्भावना बोकेका यस्ता सम्पदा अभियानबाट चिनाउँने हामीले विश्वास दिलाउँन चाहन्छौ ।’
शुक्रबार ‘टुर दी ठाकुरद्वारा’ साइकल यात्राको तेस्रो संस्करण नेपालगन्ज देखि बर्दिया सम्मका लागि सुरु भएको हो ।
शुक्रबार दिउँसो गुलरिया पुगेका साईकलयात्री निकै खुसी देखिए । साईकलयात्री गुलरियाको जिल्ला प्रहरी कार्यालय चोक, हुलाक चोक, राधाकृष्ण चोक हुदै कृष्णसार रिसोर्ट पुगेका थिए ।
बर्दियामा रहेका दुर्लभजन्तु कृष्णसारको प्रवद्र्धनकालागि संचालनभएको कृष्णसार रिसोर्टमा खाना खाएर ठाकुरद्धारासम्म पुग्ने लक्ष्य रहेको छ । केही साईकलयात्रीले भारतीय झण्डा बोकेकाले गुलरियाका स्थानीयले साईकल यात्रीलाई उत्सुकताका साथ हेरेका थिए ।
साईकलयात्राले बर्दियाको पर्यटन क्षेत्रको प्रचार प्रसार गर्ने उदेश्यले सुरु गरेको हो । साथै साईकलमा यात्रा गर्नु स्वास्थ्यकालागि फाइदा रहेको एक साईकल यात्रीले भने ।
शुक्रबार बिहान नेपालगंजबाट सुरु भएको साइकल यात्रा जानकी गाउँपालिका, खजुरा, बढैयाताल गाउँपालिका, गुलरिया, कृष्णसार संरक्षण क्षेत्र मधुवन नगरपालिका, ओरालीबजार, डल्ला होमस्टे हुदैं ठाकुरद्वारा मन्दिरसम्म हुनेछ ।
साईकलयात्री टोली आज माघ २४ गते ठाकुरद्वारामा पर्यटन प्रवद्र्धन सम्बन्धमा अन्तरक्रिया कार्यक्रम गर्ने छ । माघ २५ गते साईकलयात्री टोली ठाकुरद्वाराबाट नेपालगंज फर्किने छ । साईकल यात्रा तिन दिनसम्म चल्नेछ ।
साईकलयात्रामा नेपाल र भारतका १ सय ५४ जनाको सहभागिता रहेको छ ।
साईकलयात्राको आयोजना नेपालगन्ज साइक्लिङ क्लब र नाट्टाबाँकेले गरेको हो । यससँग समन्वय सहकार्य र सहयोग गुलरिया नगरपालिका र कृष्णसार रिसोर्ट प्रालि गरेको छ ।