बुधबार, माघ ०३, २०८०
मा प्रकाशित
1352
Shares
बर्दिया,माघ ३(फरकसमाचार) / विद्युत मिटरमा आगलागी हुँदा मिटर जलेर नष्ट भएको छ । गुलरिया नगरपालिका–८ सर्जुनदी टपरा नयाँ बस्ती स्थित बानो बेहनाको घरमा जडान गरिएको मिटरमा सोमबार राति एक्कासी आगलागी भएको हो । सोमबार राति ८ बजे मिटरमा एक्कासी आगलागी भएको बेहनाले बताईन् ।
आगलागी हुँदा विद्युत मिटर र केबिल तार जलेर नष्ट भएको छ । मिटरबाट जल्न सुरु भएको आगो केबिल तार जल्दै पोलसम्म पुगेको थियो । मिटरमा लागेको आगजनी समयमै नियन्त्रण भएकोले अन्य क्षति भएको छैन ।
मिटरमा आगजनी भए लगत्तै भाईले फोनमार्फत विद्युत प्राधिकारणमा तत्काल जानकारी गराएको स्थानीय अन्नु बिकले बताईन् । विद्युत लाईन काटिदाँ आगलागी नियन्त्रण भएको थियो ।