बर्दियामा जंगली हात्तीको आक्रमणबाट दुई महिला घाईते
शनिबार, माघ ०६, २०८० मा प्रकाशित

बर्दिया,माघ ५ (फरकसमाचार) / जंगली हात्तीको आक्रमणबाट दुई महिला घाईते भएका छन् । जंगली हात्तीको आक्रमणबाट मधुवनका दुई महिला शुक्रबार घाईते भएका हुन् । मधुवन नगरपालिका–१ दुर्गानगरकी ५२ वर्षिय सिता थारु र ३१ वर्षिय शुशिला चौधरी घाईते भएकी छन् ।

सिताको टाउकोमा तथा सुशिलाको टाउको छाती र हातखुट्टामा चोट लागेको छ । घाईते मध्ये एक जनाको बर्दिया अस्पताल र एक जनालाई उपचारको लागि नेपालगंज लगिएको छ ।

शुक्रबार दिउँसो करिब ३ बजेको समयमा दुर्गा सामुदायिक वनमा दाउरा काट्न गएको बेला जंगली हात्तीले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय गुलरियाका डिएसपी तुल्सीराम अर्यालयले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर