समुदायले अपनत्व लिएमा विद्यालयको शैक्षिक गुणस्तर वृद्धी हुने : ठाकुरबाबाका मेयर लम्साल
बिहिबार, फागुन ०३, २०८० मा प्रकाशित

बर्दिया, फागुन ३/ ठाकुरबाबा नगरपालिका–३ नेउलापुरमा रहेको सरस्वती आधारभूत विद्यालयले ४३औँ वार्षिकोत्सव मनाएको छ । सरस्वती पूजाका दिन स्थापना भएकोले विद्यालयले ठाकुरबाबा नगरपालिकाका मेयर तिलकराम लम्साल तथा स्थानीय शिक्षाप्रेमि, समाजसेवी तथा अभिभावकहरुको वृहत् सहभागीतामा औपचारिक रुपमा पहिलो पटक यस वर्ष बुधबार वार्षिकोत्सव मनाएको हो ।

वार्षिकोत्सवका अवसरमा विद्यालयका प्रधानाध्यापक भरत अधिकारीले विद्यालयको आर्थिक वर्षको विवरण प्रस्तुत गर्दै विद्यालयका विविध विषयमा जानकारीका साथै विद्यालयको संक्षिप्त पृष्ठभुमिका विषयमा जानकारी गराउँदै विद्यालयलाई आगामि दुई वर्ष भित्र नमुना बनाएर देखाउन विद्यालय परिवार लागि परेको बताए ।

स्थापना कालदेखि सम्भवतः हालसम्म विद्यालयले पहिलो पटक आयोजना गरेको ४३औँ वार्षिकोत्सवका अवसरमा झण्डै ४३ वर्ष अघि २०३७ सालमा स्थापना भएको विद्यालय व्यवस्थापन समितीका संस्थापक अध्यक्ष स्वर्गिय जगन्नाथ योगी, सदस्यहरु स्वर्गिय जुगराम थारु, स्वर्गिय बलबहादुर महतरालाई मरोणाप्रान्त सम्मान गर्दै उनीहरुका घरपरिवारका सदस्यलाई दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गरिएको छ । यसैगरि संस्थापक सदस्यहरु रुपलाल शर्मा, गोपाल थारुलाई पनि दोसल्ला ओढाएर सम्मान पत्रसहित सम्मान गरिएको छ ।

सरस्वती आधारभुत विद्यालय नेउलापुरको ४३औँ वार्षिकोत्सवका अवसरमा विद्यालयका संस्थापक शिक्षक स्वर्गिय मोहननाथ योगीलाई मरोणाप्रान्त सम्मान उहाँका घरपरिवाका सदस्यलाई सम्मान पत्र प्रदान गरिएको छ । यसैगरि संस्थापक शिक्षक लक्ष्मीनाथ योगी, शिक्षक राधेश्याम थारु, घुमलाल चौधरी, लोकनाथ शर्मा, राजेन्द्र प्रसाद शर्मा, शुक बहादुर थारु र खडानन्द ढकाललाई पनि सम्मान पत्रसहित सम्मान गरिएको छ ।

यस्तै कार्यक्रममा विद्यालय व्यस्थापन समितीका पुर्व अध्यक्षहरु स्वर्गिय देवीराम उपाध्याय, स्वर्गिय राजेन्द्र बहादुर शाह, स्वर्गिय मानसिँह विष्ट, स्वर्गीय छेदा थारु, स्वर्गिय इन्द्रलाल शर्मालाई मारोणाप्रान्त सम्मान घरपरिवारका सदस्यलाई सम्मान पत्र प्रदान गरि सम्मान गरिएको विद्यालयका प्रधानाध्यापक भरत अधिकारीले जनाए । यस्तै विद्यालय व्यवस्थापन समितीका पुर्व अध्यक्षहरु लक्ष्मण बहादुर रावत, दुर्गा थारु, चिरन्जीबी योगी (भावुक), दिप बहादुर बोगटीलाई पनि सम्मान पत्रसहित सम्मान गरिएको छ ।

यसैगरि विद्यालय स्थापना कालदेखि नै विभिन्न समयमा विद्यालयलाई सहयोग गर्ने नेउलापुर मध्यवर्ती सामुदायिक वन, सोनवर्षा सामुदायिक वन, कोपिला सामुदायिक वन, बेस बर्दिया, वि ग्रुपलाई पनि सम्मान गरेको र विगतका वर्षहरुमा विद्यालयमा अध्यापन गरि सरुवा तथा अवकास प्राप्त पुर्व शिक्षकहरुलाई पनि प्रसंसा पत्र प्रदान गरि बिदाई गरिएको छ ।

ठाकुरबाबा नगरपालिकाका मेयर तिलकराम लम्सालले विद्यालयको वार्षिकोत्सव कार्यक्रममा विद्याकी देवी सरस्वतीको आरधना, पुस्तक दिवस तथा सरस्वती आधारभुत विद्यालय नेउलापुरको ४३ औँ वार्षिकोत्सवका अवसरमा शुभकामना व्यक्त गर्दै जुन उदेश्यका साथ हाम्रा पुर्खाले विद्यालयलाई यहाँसम्म ल्याउनु भएको छ र आगामी दिनमा अघि बढाउने जिम्मा तपाईं हाम्रै काँधमा रहेको बताए । विद्यायलयलाई यहाँसम्म ल्याई पुर्याउनेहरुलाई मेयर तिलकराम लम्सालले सम्झिँदै धन्यवाद दिए ।

अहिले नगरपालिकाले सामुदायिक द्यिालयमा अध्ययनरत विद्याार्थीहरुका लागि कक्षा १० सम्म निःशुल्क शिक्षा प्रदान सुरु गरेको छ । शिक्षालाई निःशुल्क गर्दैमा शिक्षामा सुधार भने पक्कै हुँदैन, विद्यालयलाई समुदायले अपनत्व नगरेसम्म शिक्षा गुणस्तरिय नहुने उल्लेख गर्दै आफ्ना छोराछोरीको पढाईका विषयमा अभिभावक र शिक्षकले पनि चाँसो राख्नुपर्ने मेयर लम्सालले भनाई राखे ।
शिक्षाको गुणस्तरलाई प्रभावकारी बनाउनका लागि पहिले विद्यार्थी, दोस्रो शिक्षक, तेस्रो अविभावक र चौथो सरकारको भुमिका रहेमा विद्यार्थीहरुको शिक्षा सुधार हुने नगर प्रमुख लम्सालले बताउँदै सरस्वती आधारभुत विद्यालय नेउलापुरको वार्षिकोत्सव कार्यक्रममा सहभागि सम्पुर्ण शिक्षाप्रेमी एवं अभिभावकहरु प्रति उनले आभार प्रकट गरे ।

विद्यालय व्यवस्थापन समितका पुर्व अध्यक्ष दुर्गा थारु, समाजसेवी एवं शिक्षाप्रेमी जनार्दन योगी, समाजसेवी, शान्ता भण्डारी, समाजसेवी एवं शिक्षाप्रेमी अर्जुन शर्माले विद्यालयको वार्षिकोत्सवका अवसरमा शुभकामना व्यक्त गर्दै विगतमा जस्तै आगामी दिनहरुमा पनि विद्यालयको भौतिक तथा शैक्षिक गुणस्तर माथी उठाउन सक्दो सहयोगका लागि पहल गर्ने प्रतिवद्धता जनाए ।

विद्यालयको वार्षिकोत्सव कार्यक्रममा विद्यालयले मेयर तिलकराम लम्साललाई उनकै फोटो मायाँको चिनो स्वरुप प्रदान गरेको छ ।
वडा नम्बर ३ का वडा अध्यक्ष श्रीकृष्ण थारुले विद्यालयको वार्षिकोत्सवको अवसरमा शुभकामना व्यक्त गर्दै समुदायमा अहिले पनि सरकारी र निजि विद्यालयलाई हेरिने दृष्टिकोण फरक भएको उनले बताए । उनले निजि विद्यालयमा सरकारी भन्दा राम्रो पढाई हुन्छ भन्ने गलत धारणा हटाउनु पर्ने र पढाईका लागि उचित किसिमको वातावरण सिर्जना गर्नु पर्ने भनाई राखे । स्थानीय शिक्षाप्रेमी, समाजेवी लगायत अभिभावकहरुको उल्लेखनीय सहगागिता रहेको शिक्षक चुडामणि अर्यालले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर