जसले बढैयातालमा ५१ किलोमिटर अक्सफाल्ड पक्की सडक बनाउँदा नाम कमाए
मङ्गलबार, फागुन ०८, २०८० मा प्रकाशित

बर्दिया, फागुन ८ (फरकसमाचार) / पूर्व बढैयाताल गाउँपालिकाका अध्यक्ष लाल बहादुर श्रेष्ठ हासी खुसी देखिन्छन् । सबैसँग मिठो बोल्छन,आफुले काम गरेको प्रचार प्रसार गर्न उनले खासै चासो देखाउनन् ।

बढैयातालमा धेरै काम गर्न नसकेको उनको आफनै गुनासो छ । दिन बित्दै जादाँ उनी विकासलाई अपन्तत्व गरिरहेको आभास अहिले बढैयाताल गाउँपालिकाले गरिरहेको छ । श्रेष्ठ अध्यक्ष रहदाँ ५१ किलोमिटर अक्सफाल्ड पिच गरेको अहिले देखिन्छ । गुणस्तरिय पक्की सडकले अधिकांश वडा जोडेको छ । उनका बिरोधी पनि उत्तिकै छन् । तर, आजभोली सम्मानको नजरले गाउँपालिका बासीले हेर्दा अध्यक्ष श्रेष्ठ मख्ख छन् । विकासलाई देखेर जल्दा आज मलाई फाईदा भएको स्मरण गर्छन् ।

‘जनताको नजरमा म राम्रो हुने हो’उनी भन्छन्,‘ सक्दो गरे, आज आफैलाई आत्म सन्तुष्टि मिलेको छ ।’ बढैयातालमा आजभोलि अतिक्रमण लगायतका विषयसंग जोडिएर माटोको जिन बेच्न तयार भएको र बढैयातालमा गाउँपालिका प्रशासनिक भवन निर्माणको बिषय चर्चामा छन् ।
स्थानीय सरकार बढैयाताल गाउँपालिकाको भवन व्यक्तिगत जग्गामा निर्माण भएको भनि अदालतलाई प्रतिउत्तर नलगाउनु चित्त बुझ्दो नहुँदा नवनिर्वाचित जनप्रतिनिधि प्रति स्थानीय दुखी छन् ।

भूमिसुभार तथा मालपोत कार्यालयले माघ १९ गते मोही हक बाहेकका जग्गामा सरकारको हुने सार्वजनिक सूचना जारी भएको छ । तर मिलिमतोमा गाउँपालिकाको बनिसकेको भवन चर्चित गर्न नसकिएको प्रति पूर्ब अध्यक्ष श्रेष्ठलाई चित्त बुझेको छैन । प्रमुख प्रशासकिय अधिकृत अर्जुन सुवेदिले चैतमा आएको अदालतको म्यादको बारेमा आफु अनभिज्ञ रहेको बताए । ‘ म कात्तिकमा हाजीर भएको हो,यस अघिको विषयमा अध्यक्ष र प्रमुख प्रशासकिय अधिकृत ज्यूसमक्ष बुझ्नु पर्छ ।’

गाउँपालिकाको हितमा काम नर्गर्ने कति प्रशासकिय अधिकृत भागेर गएको समेत पूर्व अध्यक्ष श्रेष्ठले स्मरण गरे । ‘हामीले गरेको जस्तो राजनिति व्यापारी र कर्मचारीले गर्न असम्भव कुरा हो ’उनी भन्छन्,‘राजनिाति गर्न राजनितिक स्वभाव हुनु पर्छ, कर्मचारी र व्यापारीले देश चलाउँने भए हामीले राजनिति किन गर्न पथ्र्यो ।’

शिक्षामा समेत माफियाले प्रबेश गरिसकेको उनी बताउँछन् । ‘हामी राजनितिमा माफियालाई प्रबेश गराउँन चाहदैनम’उनले भने,‘तर शिक्षा, विकासलाई सहि बाटोमा ल्याउँन खोज्दा समस्या भयो,अहिले बढैयातालमा शिक्षा र भूमाफियाको चलखेल भएको सुनिन्छ ।’

अध्यक्ष श्रेष्ठलाई विपरीत गठबन्धनको संयूक्त योजनामा चुनाव हराएको बढैयातालमा चर्चा हुन थालेको छ । उनले बनाएको गुणस्तरिय पक्की सडकको बढैयातालमा मार्केट चलेको छ । ‘कम्तिमा तिस वर्ष टिक्छ पूर्व अध्यक्ष बनाएको पक्की सडकमा हिड्न पाएका छौ ’स्थानीयले सुनाए । नेपालमै अक्सफाल्ड पक्की सडक गुणस्तरीय पक्की सडकको मापदण्ड भित्र पर्छ ।

पूर्वाधारमा किन भयो सम्पन्न ?

पूर्व अध्यक्ष श्रेष्ठ आफुले गरेको कामलाई गर्ब ठान्छन् । पालिकाको भवन सुरु हुदा घटेर पाँच करोडमा सम्झौता भएको थियो ।अहिले तयार हुदा गाउँपालिका मुख दर्शक बनेको छ ।पाँच वटा वडा कार्यालयको भवन सम्पन्न भएको छ । चार वटा गाबिस कार्यालयका भवन निर्माणका लागि यसअघि थप गरिदाँ सम्पन्न भएको छ । पाँच वटा स्वास्थ्य कार्यालय निर्माण भएको र चार वटा मर्मत गरेर सूचारु गरिएको थियो । दूई हजार जना अटाउँने सभाहल कालिकामा निर्माण भएकाले राजनिति गर्न पूर्नताजगीले छोपेको पूर्व अध्यक्ष श्रेष्ठको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर