बर्दिया,फागुन २३(फरकसमाचार)/ लागु औषध ब्राउन सुगरसहित दाजु बहिनीलाई प्रहरीले पक्राउ गरेको छ । गुलरिया नगरपालिका–७ का २४ वर्षिय राजन धोबी र २० वर्षिय अप्सना धोबीलाई प्रहरीले आइतबार लागु औषधसहित पक्राउ गरेको हो ।
गुलरिया नगरपालिका–७ बृन्दाबन टोल स्थित चौगुर्जी जाने चोक अगाडि सडक छेउमा लागु औषध ब्राउन सुगरको कारोबार भईरहेको विशेष सुचनाको आधारमा दुवै जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले शंकास्पद रुपमा कुराकानी गरिरहेको अवस्थामा नियन्त्रणमा लिई खानतलासी गर्दा दुवै जनाको साथबाट ९ सय ६० मिलिग्राम लागु औषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ बरामद भएको प्रहरीले जनाएको छ ।
दुवै जनालाई नियन्त्रणमा लिई लागु औषध मुद्दामा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय गुलरियाका प्रहरी निरीक्षक कमल प्रसाद चौधरीले जानकारी दिए ।