गुलरिया राजापुर सडकखण्ड पुर्ण रुपमा बन्द
बिहिबार, फागुन २४, २०८० मा प्रकाशित

बर्दिया,फागुन २४(फरकसमाचार) / मृतकका परिवारले गुलरिया राजापुर सडकखण्ड पुर्ण रुपमा बन्द गरेका छन् । बाटो खुलाउन प्रयास भईरहेको जनाईएको छ ।

मधुवन नगरपालिका–५ को ८ नंम्बर चोकमा भे १ ख १४८१ नंम्बरको टिप्परले बुधबार साँझ करिब सवा ७ बजे साइकल यात्रीलाई ठक्कर दिएको थियो ।

कोठियाघाटबाट सानोश्रीतर्फ आइरहेको टिप्परले ठक्कर दिदाँ मधुवन नगरपालिका–५ का धर्म बहादुर थापाको घटना स्थलमै मृत्यु भएको थियो ।

अझै वार्ता नहुँदा मृतकका परिवारले घटना स्थलबाट शव उठाएका छैनन । वार्ता जारी छ । टिप्पर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय गुलरियाका प्रहरी निरीक्षक कमल प्रसाद चौधरीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर