बर्दिया, फागुन २६ (फरकसमाचार)/ बगलामुखी मन्दिरमा भव्य रुपमा महाशिवरात्री पर्व मनाईएको छ । गुलरिया नगरपालिका–७ स्थित बगलामुखी मन्दिरमा शुक्रबार भव्य रुपमा महाशिवरात्री पर्व मनाईएको हो ।
महाशिवरात्रि पवर्मा बगलामुखी मन्दिरमा बिहान देखि आराध्यदेव महादेवको पूजा–आराधना गर्ने भक्तजनहरुको घुइचो लागेको थियो । भक्तालुहरुले भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्रलगायत पूजा सामग्री चढाएका थिए ।
भिडभाड नियन्त्रणको लागि मन्दिर बाहिर ट्राफिक प्रहरी र प्रहरी परिचालन भएका थिए ।
मन्दिरमा आएका भक्तजनलाई प्रसादको व्यस्था मन्दिर व्यवस्थापन समितिले गरेको थियो । व्यवस्थापन समितिले दिउँसो ३ बजे देखि ६ बजेसम्म भक्तजनलाई प्रसाद वितरण गरिएको थियो ।
महाशिवरात्री पर्वको अवसरमा ५ हजार बढी भक्तालुले बगलामुखी मन्दिर दर्शन गरेको आँकलन रहेको शिवरात्री व्यवस्थापन समितिका संयोजक बिष्णु अधिकारीले बताए । ‘मन्दिरमा बिहानै देखि पुजा आराधना गर्ने भक्तजनको चहल पहल बढेको थियो’संयोजक अधिकारीले भने,‘मन्दिरमा दुई हजार बढी भक्तजनले प्रसाद ग्रहण गरेका छन् ।’
त्यसैगरि महाशिवरात्री पर्वको अवसरमा पिताम्बरेश्वर मन्दिरमा विशेष शिव पुजन, ११ ब्राम्हणद्वारा लघुरुद्रि पाठ, प्रसाद वितरण, बेलुका बगलामुखी मन्दिरमा रहेको यज्ञ कुण्डमा शिवधुनि जागरण/शिव उत्सव र मन्दिर परिसरमा भजन किर्तन गरि भव्य रुपमा शिवरात्री पर्व मनाईएको संयोजक अधिकारीले जानकारी दिए ।