दलित महिला उत्थान संघको नेतृत्वमा खिमा,दोहोरिए पदाधिकारी
मङ्गलबार, साउन २९, २०८१ मा प्रकाशित

बर्दिया,साउन २९(फरकसमाचार) / दलित महिला उत्थान संघको नेतृत्वमा पदाधिकारीहरु पुनःदोहोरिएका छन् । पदाधिकारीमा फेर बदल भएपनि पुरानै अनुहार कार्यसमितिमा चयन भएका हुन् ।

सोमबार सम्पन्न भएको २३औं साधारण सभा तथा ८औं अधिवेशनमा सचिव र तीन सदस्य बाहेक सबै पुरानै पदाधिकारी दोहोरिएका छन् । निर्वाचन मण्डलीले सर्वसम्मत ९ जनाको कार्यसमिति चयन गरेको छ ।

अध्यक्षमा खिमा विक, उपाध्यक्ष लाल सार विक, महासचिव लक्ष्मी कुमारी बराइली, कोषाध्यक्ष विवा विक र सचिवमा हिरा रसाईली चयन भएकी छन् । त्यसैगरि सदस्यमा कल्पना विक नेपाली, यु कुमार बैगार, विर्मा विक र रत्ना सुनार चयन भएकी छन् ।
निर्वाचन मण्डलीको संयोजकमा केशव जिसी, सदस्यमा टिका शम्सेली र संगिता थापा रहेकी थिईन् ।

प्रतिक्रिया

सम्बन्धित खवर