बर्दिया,साउन २९(फरकसमाचार) / द्वन्द्वकालमा बलपुर्वक बेपत्ता पारिएका व्यक्तिहरुको अवस्थाको बारेमा राज्यले अझैसम्म निचोड निकाल्स सकेको छैन । राज्यले बेपत्ताहरुको सत्य तथ्य अवस्था सार्वजनिक नगर्दा पिडित परिवारले न्याय नपाएको दुखेसो गर्छन् । देशमा शान्ति सम्झौता भएको लामो समय बितिसक्दा पनि बेपत्ता परिवारका समस्या अझै समाधान नहुनु दुखद रहेको पिडितहरुको भनाई छ ।
विद्रोही पक्षले मेरो श्रीमान् लाई बेपत्ता पारेको २१ वर्ष भयो,तर न्याय नपाएको बढैयाताल गाउँपालिका–९ की लक्ष्मी खड्काले बताईन् । ‘विस २०६० साल फागुन ३० गते घरबाटै श्रीमान् लाई बेपत्ता पारियो,’उनले भनिन्,‘घरबाट लग्ने मान्छेलाई चिन्छु,श्रीमान् को खोजी गर्दा सम्बन्धित ठाउँमा लग्ने मान्छेको नामसमेत खुलाएको छु ।’
तर राज्यबाट सत्य तथ्यको जानकारी नपाएको उनले सुनाईन् । ‘न्याय खोज्दा खोज्दै बुढो र रोगी भईयो,’उनले भनिन्,‘स–साना छोराछोरी ठुला भईसके ।’ तर राज्यले बेपत्ताहरुको मुद्दाको निचोड निकाल्न सकेको छैन । विधेयक पास हुदैछ । अहिलेसम्म नमिलेको कुरा हाल नेताहरु बिच मिलेको छ । मरेर जाँदासमेत यो मुद्दा टुङ्गिदैनकी धेरै चिन्ता छ । हामी जिउँदै रहेसम्म यो मुद्दा टुङिङ्ग आत्मलाई शान्ति मिल्ने उनले बताईन् । पिडितहरुको मर्मलाई बुझेर राज्यले एक मुष्ट परिपुरणसहित न्याय दिन उनले माग गरिन् ।
विस २०५९ साल देखि मेरो श्रीमान् बेपत्ता भएको बारबर्दिया नगरपालिका–१ की देविसरा ओलीले बताईन् । ‘पिडित पनि धेरै प्रकारका छन्,’उनले भनिन्,‘अहिले राज्यले विधेयक पास गरिरहेको छ,त्यसमा भुईतल्लाका पिडितहरुको मर्मलाई बुझ्न जरुरी छ ।’ कुन किसिमको पिडितलाई कुन किसिमको आवश्यकता छ त्यहि अनुसार प्राथमिकतामा राखोस् ।
बदलाको भाव लिएर फिल्डमा उत्रियो । तर सम्भव बदला रहेनछ भन्ने बुझ्यौ । अब राज्यले परिपुरण अघि सारेर संगसंगै न्याय जोड्न उनले माग गरिन् । सोमबार एनपीआई संस्थाद्वारा गुलरियामा आयोजित न्याय र परिपुरणमा मिडिया संलग्नता तथा फेलोशिप कार्यक्रममा द्वन्द्व पिडित परिवार र संचारकर्मीहरुको सहभागिता रहेको थियो ।