जबरजस्ती करणी कसुरका फरार व्यक्ति पक्राउ
बुधबार, साउन ३०, २०८१ मा प्रकाशित

बर्दिया,साउन ३०(फरकसमाचार)/ जबरजस्ती करणी कसुरमा फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । राजापुर नगरपालिका–६ दौलतपुरका ५८ वर्षिय भरत पौडेल उपाध्यायलाई प्रहरीले पक्राउ गरेको हो ।

जबरजस्ती करणी मुद्दामा अदालतले विस २०७३ साल पुस ४ गते भरतलाई ५ वर्ष कैद सजाय तोकेको थियो । अदालतले सजाय तोकेदेखि भरत फरार रहेका थिए ।

लुकिछिपि आफ्नै घरमा बसेको अवस्थामा सोमबार प्रहरीले भरतलाई नियन्त्रणमा लिई सजाय भुक्तानको लागि अदालतमा उपस्थिती गराई कारागार पठाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर