वनकर्मीको नियन्त्रणमा एकै दिनमा पाँच वटासम्म बिशालु सर्प
शुक्रबार, साउन ३२, २०८१ मा प्रकाशित

बर्दिया,साउन ३२ (फरकसमाचार)/ डिभिजन वन कार्यालयको टिमले घरमा देखिएका सर्पको उद्धार गर्दै आएको छ । तर एकै दिनमा बुधवार गुलरिया नगरपालिका भित्र घरमा पुगेका पाँच वटा सर्पको उद्धार गरेपछि नयाँ रेकर्ड कायम भएको छ । यस सिजनमा एकै दिनमा असमझदारीले घर भित्र पुगेका सर्पलाई उद्धारगरे सँगै स्थानीयलाई राहत पुगेको छ । बिहिबार भने रसल भाईपर सर्प गुलरिया नगरपालिका–३ स्थित रामचन्द्र यादबको घरबाट वनकर्मीले उद्धार गरेका छन् । यो सिजनमा अत्याधिक बिषालु सर्प रसल भाईपर उद्धार गर्न वनकर्मी सफल भएको पहिलो घटना हो ।

सर्प देखिने बित्तिकै फोन मार्फत जानकारी पाएपछि प्राबिधिक टिम सर्प उद्धार गर्न परिचालित हुने गरेको डिभिजन वन कार्यालयका प्रमुख प्रबिण बिडारीले बताए । ‘हामीले सर्प उद्धार गरेका छौ’उनी भन्छन्,‘सर्प घर भित्र देखेर रातभरी जाग्राम बस्ने सर्वसाधारण बाध्यता यति खेर दुर भएको छ ।’

गर्मी लागेसँगै सर्पको डसाइबाट पीडित बन्ने संख्या बढेको छ । तराईमा कोब्रा र करेट अत्याधिक विषालु मानिन्छ । तराई क्षेत्रमा यी जातका सर्प व्यापक मात्रामा छन् ।

जलवायु परिवर्तनको कारण तराई क्षेत्रमा हुने विषालु सर्प पहाडी क्षेत्रमा समेत देखिने बिज्ञ अनुमान गर्छन । यहि साता बिशालु सर्पका डसाईबाट गुलरिया नगर भित्रका तीन जना १४ बर्ष मुनिका बालबालिकाको ज्यान गएको छ । त्यसयता घर घरमा अत्याधिक मात्रामा सर्प देखिरहेको वनकर्मीको भनाई छ ।

तराई क्षेत्रमा पहाडी क्षेत्रमा भन्दा बढी बिषालु सर्प हुन्छ । तर तराई क्षेत्र सम्म भएकाले त्यहा सर्पले टोकीहालेमा स्वास्थ्य संस्थामा आउनै चेतना भएपनि ढिला अस्पतालमा पुराउँदा अप्रिय घटना घटेको स्वास्थ्यकर्मी बताउँछन् । अधिकांशले सर्प टोकेको थाहा नपाउँदा ज्यान गएको छ भने कतिपय झारफुक गर्न तर्फ उन्मुख हुँदा विरामी अस्पताल पुग्न ढिला भईरहेको छ । त्यसैले वर्षातको समयमा सर्पदंशबाट बच्नु बिकल्प नरहेको स्वास्थयकर्मीको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर