बर्दिया, भाद्र २ / प्रबुद्धजन योग बिज्ञान शिविरका लागि भारतको हरिद्धारमा बर्दियाका चार जना पालिका प्रमुख साधनाको ड्रेस कोडमा सरिक भएका छन् । पंतन्जलि योगपीठ हरिद्धारको आयोजनामा साउन ३२ गते शुरु हुने पाँच दिवसिय योगसाधनको लागि साउन अन्तिम साता हरिद्धारमा पालिका प्रमुख पुगेका हुन । उक्त शिबिर नेपालका बौद्धिक बर्गका लागि भारतको हरिद्धारमा सिविर आयोजित गरिएको उल्लेख गरिएको छ ।
ठाकुरबाबा नगरपालिकाका तिलकराम लम्साल, राजापुरका दिपेश थारु, बाँसगढीका नगर प्रमुख खड्क बहादुर खड्का,बढैयातालका अध्यक्ष हिमालय त्रिपाठी भारतको पाँच दिवसिय सिविरका लागि हरिद्धार पुगेका हुन ।
बढैयातालका प्रमुख प्रशासकिय अधिकृत अर्जुन सुबेदि नगर प्रमुखसँगसगै योगसाधनामा सरिक भएका छन् । ठाकुरबाबाका लम्साल नेपाली काग्रेस,बासँगढीका नगर प्रमुख खड्का एमाले र माओवादीका तर्फबाट राजापुर नगरपालिका नगर प्रमुख चौधरी र बढैयाताल गाउँपालिकाका अध्यक्ष त्रिपाठी नव निर्वाचित जनप्रतिनिधि हुन ।
पाँच दिने योग साधनका लागि पन्तन्जलि मार्फत भारतको हरिद्धार पुगेका बर्दियाका पालिकाका प्रमुख पाटिमा फरक आस्था राख्ने भएपनि एक साथमा देखिएका छन् । फरक पाटीबाट चार पाटीको नेतृत्व सम्हालेका पालिका प्रमुखहरुको भारत भ्रमणलाई नगरबासीले रोचकका साथ हेरिरहेका छन् । जिल्लाका ८ वटा पालिकाका प्रमुख मध्य चार जना हरिद्धारामा छन् । योगसाधना मार्फत ज्ञान लिन भारतको तिर्थाटनले प्रसिद्धि कमाएको हरिद्धारमा रहेका स्वामिजिको मार्ग निर्देशन लिन तीन फरक पार्टीबाट नेतृत्व गरेका चार पालिका प्रमुख पुगेका सामाजिक संजालबाट खुलेको छ ।
त्यहाँ पुगेका पालिका प्रमुखको गतिबिधि सामाजिक संजालमा राखिदा योगसाधनलाई सकारात्मक रुपमा लिएको प्रतिक्रिया आईरहेको छ ।
सामाजिक संजालमा ठाकुरबाबा, राजापुर, बासगढी नगरपालिका र बढैयाताल गाउँपालिका प्रमुख योगसाधनाको गतिबिधिमा संलग्न रहेको देखिन्छ ।
हरिद्धारमा आयोजना हुने योग शिबिर साउन २८ गते देखि ३२ गते सम्म चलेको छ । पाँच दिने योग शिबिरमा सरिक भईरहदा नगर प्रमुख तिलकराम लम्सालले ठूलो उपलब्धि हासिल गरेको समेत सामाजिक संजाल मार्फत व्यक्त गरेका छन् । उनले पन्तजलिले निम्त्याएर अहिलेका विकास क्रमका ज्ञान प्रदान गरेको उल्लेख गर्दे पन्तन्जलिले बिभिन्न क्षेत्रमा काम गरेको योगग्राम प्रत्यक्ष रुपमा अवलोकन गर्ने अवसरमा पाएकोमा भारतका स्वामिजिलाई कृतज्ञता प्रकट गरेका छन् । सामाजिक संजाल मार्फत व्यक्त गरेको अभिव्यत्तिमा दिर्घकालिन बिकासको अबधारण, प्रबधियूत्त नगरपालिका लागि हरिद्धारमा उपस्थित स्वामिजिले माग निर्देशन गरेको समेत उनले खुलाएका छन् ।
जिल्ला स्थित सम्पूण पालिका प्रमुखलाई भारतको हरिद्धार निम्त्याएपनि आठ पालिकाका पालिका प्रमुख मध्य चार जना पालिका प्रमुख हरिद्धार पुगेका छन् । गुलरिया नगरपालिका नगर प्रमुख मुक्तिनाथ यादव,बारबर्दिया, मधुवन र गेरुवा गाउपालिका प्रमुख कार्य व्यस्तता रहेकाले उक्त शिबिरमा अनुपस्थित भए ।
भारतमा संचालित योगसाधनामा ड्रेस कोर्ड सहित उपस्थित पालिका प्रमुखको साधना सकिएको छ । केहि दिनका लागि भारतको हरिद्धार पुगेका बर्दियाका चार पालिका प्रमुखको नेपाल फर्कने तयारी रहेको बताईएको छ । स्रोत नागरिकन्युज