तुलसीपुरमा इनार सफा गरिरहेका दुई जनाको मृत्यु
बुधबार, भदौ ०५, २०८१ मा प्रकाशित

दाङ,भाद्र ५/दाङको तुलसीपुरमा इनार सफा गर्न पसेका दुई जनाको निसास्सियर मृत्यु भएको छ। तुलसीपुर उपमहानगरपालिका – १३ दमारगाउँका १६ वर्षीय मुकेश विक र ३८ वर्षीय रामबहादुर नेपालीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले बताए।

प्रहरी प्रवक्ता थापाका अनुसार स्थानीय दुर्गा विकको इनार सफा गर्न भनेर उनीहरु बिहान १० बजेतिर इनारमा पसेका थिए। उनीहरु इनारबाट निस्कन नसकेको र भित्र फसेको भन्ने सूचना पाउनासाथ प्रहरी पोष्ट दमारगाउँबाट प्रहरी सहायक निरीक्षक आनन्द हिताङको कमाण्डमा दुई जना, इलाका प्रहरी कार्यालय तुलसीपुरबाट प्रहरी निरीक्षक दामप्रशाद श्रेष्ठको नेतृत्वमा आठ जना र नेपाली सेनाको अम्बापुर बेस क्याम्पबाट जामरात रमेश पराजुलीको कमाण्डमा तीन जना प्रहरी खटिएको थियो।

उनीहरुको उद्धारपछि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा ल्याइएको थियो। त्यहाँ पुर्‍याउनासाथ दुवै जनालाई बिहान ११ बजेतिर चिकित्सकले मृत घोषणा गरेका थिए।सेतोपाटीबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर