जसपा नेपालको केन्द्रीय कार्यकारिणी समिति विस्तार, कसले पाए कुन जिम्मेवारी?
सोमबार, भदौ १०, २०८१ मा प्रकाशित

काठमाडौं,भाद्र १० / जनता समाजवादी पार्टी नेपालले आफ्नो केन्द्रीय कार्यकारिणी समिति विस्तार गरेको छ। गत जेठमा सम्पन्न पार्टी महाधिवेशनले अध्यक्षमा उपेन्द्र यादवलाई निर्विरोध निर्वाचित गरेपनि अन्य पदाधिकारी चयन हुन सकेको थिएन।

पार्टी पदाधिकारी चयनको जिम्मेवारी पाएका अध्यक्ष यादवले सह उपाध्यक्षमा रकम चेम्जोङलाई चयन गरेका छन् भने ५ जना उपाध्यक्षमा क्रमशः राजकिशोर यादव, मृगेन्द्र कुमार सिंह यादव, गोविन्द चौधरी, शिवलाल थापा मगर र विद्युत बज्राचार्यलाई नियुक्त गरेका छन्।

त्यस्तै उनले मधेश प्रदेशका पूर्व मुख्यमन्त्री मोहम्मद लालबाबु राउत गद्दी र रामकुमार शर्मालाई महासचिवमा नियुक्त गरेका छन्। त्यस्तै उपमहासचिवमा प्रकाश अधिकारी, प्रवक्तामा मनिष कुमार सुमन रहेका छन्।नागरिकन्युजबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर