अबैध सामान बरामद
मङ्गलबार, भदौ ११, २०८१ मा प्रकाशित

बर्दिया,भाद्र ११(फरकसमाचार) / भारतबाट भन्सार छली अबैध रुपमा ल्याईएको सामान प्रहरीले बरामद गरेको छ । गुलरिया नगरपालिका–११ स्थितबाट प्रहरीले अबैध सामान सोमबार बरामद गरेको हो ।

बरामद सामान मुल्य रु ३४ हजार ४ सय ४० बराबर रहेको प्रहरीले जनाएको छ । बरामद सामानमा किराना तथा अटोमोबाईलका पार्टस् रहेको जनाईएको छ ।

त्यसैगरि सोही स्थानबाट मुल्य रु ९ हजार १ सय बराबरको चिनी, प्लाष्टिक डोरी र प्लाष्टिक थैलो शुक्रबार प्रहरीले बरामद गरेको थियो । बरामद अबैध सामान राजापुर भन्सार कार्यालय गुलरियामा बुझाईएको प्रहरीले प्रेस विज्ञप्ती मार्फत जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर