नहरले बगाउँदा तीन वर्षिय बालिकाको मृत्यु
शुक्रबार, भदौ १४, २०८१ मा प्रकाशित

बर्दिया,भाद्र १४/ बर्दियास्थित बबई सिँचाइको नहरले बगाउँदा तीन वर्षिय बालिकाको मृत्यु भएको छ । नहरले बगाउँदा बारबर्दिया नगरपालिका–९ कर्तनियाकी तीन वर्षीया प्रिन्सा चौधरीको मृत्यु भएको हो ।

बिहीबार साँझ घरबाट हराएकी बालिकाको खोजतलासका क्रममा गएराति नहरको किनारमा बालिकाको चप्पल फेला परेको थियो । बालिकाको शुक्रबार बिहान शव फेला परेको बर्दिया प्रहरीले जनाएको छ ।

नहर किनारमा चप्पल फेला परेपछि प्रहरीले खोजी गर्दै जाँदा चार किलोमिटर पश्चिम तर्फ वडा नं ९ स्थित धोविनपुर भन्ने ठाउँमा बालिकाको शव भेटिएको जनाईएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर