त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै हराए अमेरिकाबाट आएका व्यक्ति
आइतबार, भदौ ३०, २०८१ मा प्रकाशित

काठमाडौं, भाद्र ३०/अमेरिकाबाट काठमाडौं अवतरण गरेका एक व्यक्ति त्रिभुवनअन्तर्राष्ट्रिय विमानस्थलबाटै हराएका छन्। पर्वतको पैँयू गाउँपालिका-१ घर भएका ७६ वर्षीय दण्डपाणि भूसाल हराएका हुन्।

शनिबार राति साढे १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेपछि उनले विमानस्थल बाहिर कुरिरहेका आफ्ना आफन्तलाई सम्पर्क गरेका थिए। त्यसपछि उनी सम्पर्कविहीन भएपछि आफन्तहरू प्रहरीकोमा पुगेका थिए।

गौशाला प्रहरी वृत्तका डिएसपी केशव थेवेले विमानस्थलबाटै मानिस हराएपछि दण्डपाणिका आफन्तहरूले निवेदन दिएको जानकारी दिए। ‘हिजो रातिदेखि परिवारको सम्पर्कमा नआएपछि उहाँको परिवारले प्रहरी कार्यालयमा निवेदन दिनु भएको छ,’ उनले भने।

उनकाअनुसार भूसालका आफन्त मधु वस्तीले प्रहरीलाई जानकारी गराएका हुन्।  उनीसँगै आएका अन्य व्यक्तिसँगै अन्य चार जनासँगै आएका विमास्थलमा सँगै अवतरण गरेका थिए। घटनाबारे अनुसन्धान भइरहेको डिएसपी थेवेले जानकारी दिए।सेतोपाटीबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर