संविधान दिवस भव्य रुपमा मनाउँन प्रजिअ शर्माको आव्हान
बिहिबार, असोज ०३, २०८१ मा प्रकाशित

बर्दिया, असोज ३/संबिधान दिवस तथा राष्ट्रिय दिवस, २०८१ भव्य रुपमा मनाउँन प्रमुख जिल्ला अधिकारी(सिडिओ) रुद्रा देवि शर्माले सर्वपक्षिय आव्हान गरेकि छन् । भव्य र सभ्य रुपमा संबिधान दिवस मनाउँन जिल्ला समन्वय समितिका प्रमुख सुर्य बहादुर विष्टको अध्यक्षतामा बसेको बैठकले निर्धारित कार्यक्रम तय गरिसकेको छ ।

प्रमुख जिल्ला अधिकारी शर्माको समन्वयमा जिल्ला स्थित सम्पूर्ण दलका प्रमुख वा प्रतिनिधि, संघसंस्था, कार्यालय प्रमुख, सुरक्षा प्रमुख र नेपाल पत्रकार महासंघको उपस्थितीमा बसेको बैठकले २,३ र ४ गते बिबिध कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ । प्रजिअ शर्माले संबिधान दिवस बिशेष दिन भएकाले सम्पुर्ण जिल्ला वासीलाई नै संबिधान दिवस भव्य रुपमा मनाउँन आव्हन गरेको बताएकि छन् ।

लामो समयको तयारी पछि सिडिओ शर्माले संबिधान दिवस मनाउँन बिबिध कार्यक्रम सार्वजनिक गरेकि छन् ।
दिवसको सुरुवातमा प्रजिअको शर्माको अध्यक्षतामा बुधवार गुलरिया स्थित खेल मैदानमा बृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ । संबिधान दिवसमा मनाउँन निर्धारित कार्यक्रम २ देखि ४ गते सम्म सरसफाई, दिप प्रज्वलन, तोकिएको साईजको झन्डा सझाउँने, संबिधान दिवस तथा राष्ट्रिय दिवस, २०८१ मनाउँन सूचना जारी गर्ने, सार्वजनिक सवारी साधनमा राष्ट्रिय झन्डा फहराउँने, संचार माध्यमबाट जनचेतना कार्यक्रम प्रकासन, प्रशारण गर्ने र बृक्षारोपण गर्ने निर्णय गरिएको छ ।

यस्तै भदौ ३ गते बिहान ७ बजे पहिचान सहित झाकी सहितको प्रभात फेरी, शहिदलाई माल्याअर्पण, कारागारका कैदी बन्दीलाई शैक्षिक र खेलकुद सामाग्री वितरण सहित सिलाई मेसिन वितरण, अस्पतालका विरामीलाई फलफुल वितरण, रक्तदान कार्यक्रम तोकिएका कार्यक्रम हुन । तोकिएका कार्यक्रम सफल पार्न जिम्मेवार निकायलाई जवाफदेहि बनाउँने बाध्यकारी निर्देशन प्रजिअ शर्माले जारी गरेकि छन् ।

जिल्ला स्तरिय कार्यक्रमा प्रमुख आतिथिमा पूर्व मन्त्री तथा संघिय माननिय संजय गौतमलाई आमन्त्रण गरिएको छ भने प्रदेश वा संघिय माननियलाई कार्यक्रममा बिशिष्ट आतिथ्य रहनेछ । स्रोत नागरिकन्युज

प्रतिक्रिया

सम्बन्धित खवर