सर्वसम्मत संघको अध्यक्षमा पाण्डे पुनःदोहारिए
शुक्रबार, असोज ०४, २०८१ मा प्रकाशित

बर्दिया,असोज ४  उद्योग वाणिज्य संघ गुलरिया बर्दियाको दशौं अधिवेशनबाट अध्यक्षमा पुनः देवेन्द्र पाण्डे निर्विरोध निर्वाचित भएका छन् । दशौं अधिबेशनले पान्डे सहित सम्पूर्ण पदका लागि निर्विरोध नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।
भाईटल पोष्टमा ईन्द्र कुमार श्रेष्ठ प्रथम उपाध्यक्षमा, सुरेन्द्र बगाले द्वितीय उपाध्यक्षमा, बिष्णु कुमार सुनार तृतीय उपाध्यक्षमा, मोहित पौडेल महा–सचिव, श्रीकृष्ण थारु सचिवमा, केशव प्रसाद रिजाल कोषाध्यक्षमा, लिला बहादुर सुनार सह–कोषाध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् । निर्वाचन समिति तोकिएको समयमा सम्म प्रतिद्धन्द्धि उम्मेदवारी दर्ता नभएको उल्लेख गरेको छ ।


यस्तै, घनश्याम लोध, वसी अहमद इद्रिसी, पिताम्बर घिमिरे, जाकिर हुसैन मनिहार, सुमित्रा चौधरी, अशोक कुमार के.सी., सुरेन्द्र गौतम, रमेश रावल, सर्दिप ढुंगाना, नविन चौधरी, महमद मैहमुद रजामिनार र अशोक राज पौडेल सदस्यमा निर्विरोध निर्वाचित भएका हुन । दश वटा दलले समाबेशी प्यानल घोषणा गरेपछि प्रतिद्धन्द्धिको उमेदवारी दर्ता नभएपछि सर्वसम्मत निर्विरोध चयन भएको निर्वाचन समितिले घोषणा गरेको हो । व्यबसायी हकहित संरक्षणको लागि व्यबसायीहरुको छाता संगठन नेतृत्वमा रहेकाले भेदभाव रहित सेवा दिन कटिबद्ध रहने अध्यक्ष पाण्डेले प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर