प्रदेश अस्पतालमा आइसोलेसन वार्ड सञ्चालन
बिहिबार, चैत ०६, २०७६ मा प्रकाशित

विराटनगर, चैत ६ : कोभिड १९– का शंकास्पद बिरामीको उपचारका लागि प्रदेश अस्पताल कोशीले बुधबारदेखि छ श्ययाको आइसोलेसन वार्ड सञ्चालनमा ल्याएको छ । अस्पतालका प्रमुख डा संगीता मिश्रले बुधबार यहाँ आयोजित पत्रकार सम्मेलनमा विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार एक सय मिटरको फरकमा तीन कोठामा दुई–दुई बेड रहने गरी छ श्ययाको वार्ड शुरु गरिएको बताए ।

 

उनले आवश्यकता अनुसार थप चार श्ययाको व्यवस्था गर्न सकिनेछ भने । डा. मिश्रले अस्पतालले कोभिड–१९ प्रति सर्तकता अपनाउँदै विगत १० दिनका अवधिमा अस्पतालमा आउने प्रत्येक मानिसको ज्वरो नाप्न फिवर गनले परीक्षण, १० स्थानमा हातधुनका लागि साबुन पानीको व्यवस्था, छुट्टै फिवर केन्द्र सञ्चालन, स्वाबको लागि ल्याब टेष्ट र शंकास्पद बिरामीलाई क्वारेन्टाइन वा सेल्फ क्वारेन्टाइनमा पु¥याउन दुई वटा एम्बुलेन्सको तयारी अवस्थामा राखिएको जानकारी दिए ।

 

अस्पतालले बुधबारदेखि प्रवेशद्वारमा फिवर गनद्वारा तापक्रम परीक्षण(ज्वरो) गरी ज्वरो बढी भएका बिरामीका लागि छुट्टै फिभर क्लिनिकमा भर्ना गरिने मेडिकल डा मिश्रले जानकारी दिए । अस्पतालले तीन दिन अघिदेखि फिभर क्लिनिक शुरु गरेको हो । शंकास्पद बिरामीको नमूना संकलन गरी उक्त नमूना काठमाडाँै पठाउने र त्यसको रिपोर्ट आउन ४८ देखि ७२ घण्टा लाग्ने भएकाले त्यो अवधिसम्म अस्पतालमा नै राखिने प्रबन्ध गरिएको अस्पतालका मेडिकल विभागका डा दीपक सिग्देलले बताए ।

 

उनले बिरामी ‘सेल्फ क्वारेन्टाइन’ मा बस्न सक्नेछन तर अस्पतालले विशेष सुरक्षा अपनाउने जानकारी दिए । नेपालमा रहेका सरकारी अस्पतालमध्ये यो रोगप्रति लडन् कोशीमा उच्चतम् सुविधा रहेको डा सिग्देलको भनाइ थियो । दक्ष स्वास्थ्यकर्मीको सुरक्षाप्रति ध्यान दिँदै स्वाब परीक्षणका लागि विशेष स्वास्थ्य उपकरण प्रयोग गरिने डा मिश्रले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर