सरकार विरुद्ध काँग्रेसको बृहत प्रर्दशन
सोमबार, मङि्सर २९, २०७७ मा प्रकाशित

२९ मंसिर, बर्दिया । नेपाली काँग्रसले सरकार विरुद्धमा सदरमुकाम गुलरियामा बृहत प्रर्दशन गरेको छ ।

नेपाली काँग्रेस पार्टी कार्यालयबाट निस्केको र्यालीले प्रर्दशन गर्दै गुलरिया नगर परिक्रमा गरिरहेको छ ।

लोकतान्त्रिक गणतन्त्र जिन्दावाद, सर्वसत्तावादी ओली सरकार मुर्दावाद, अति भो अति भो मुलुकको छविमा क्षती भो, कानै नभएको ओली सरकार मुर्दावाद जस्ता नारा लगाउँदै नेपाली काँग्रेसका नेता समर्थक र्यालीमा सहभागी भएका छन् ।

नेपाली काँग्रेसका केन्द्रिय सदस्य गोपाल दहित र क्षेत्रीय सभापति तथा नगरप्रमुख मुक्तिनाथ यादवको नेतृत्वमा प्रदर्शन गरिरहेको र्याली आमसभामा परिणत हुने तयारीमा छ ।

 

नेपाली काँग्रेसका पार्टी सभापति मिस्रिलाल यादव,  नेता जन्मजय तिमिल्सेना, नेता विद्या खनाल, महिला संघकी केन्द्रिय सदस्य मालती सोडारी, नगर कोषाध्यक्ष लक्ष्मी ढकाल विद्यार्थी नेता दिपक भण्डारीले प्रदर्सनमा सहभागी भई र्याली प्रदर्शनको नेतृत्व गरिरहेका छन् ।

यस्तै लुम्बिनी प्रदेश अन्तरगत पर्ने जिल्लाका सदरमुकाममा नेपाली काँग्रेसका केन्द्रिय नेताको नेतृत्वमा सरकार विरुद्ध प्रदर्शन भइरहेको खबर फरकसमाचारलाई प्राप्त भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर