सप्तरीमा विद्युत सर्ट भएर आगलागी, वृद्धको मृत्यु
शुक्रबार, पुष ०३, २०७७ मा प्रकाशित

३ पुस, सप्तरी । सप्तरीमा विद्युत सर्ट भएर गोठमा आगलागी हुँदा एकजना वृद्धको मृत्यु भएको छ

सदरमुकाम राजविराज-१६ बोरिया निवासी ८५ वर्षीय झलाही यादवको आगोमा जलेर मृत्यु भएको प्रहरीले जनाएको छ । उनी गोठमा सुतिरहेको बखत एक्कासी विद्युत सर्ट भएर आगलागी भएको सप्तरीका प्रहरी प्रबक्ता भुवनेश्वर साहले जानकारी दिए ।

बिहान ४ बजेतिर भएको आगलागीमा उनको घट्नास्थलमै मृत्यु भएको साहले बताए । मृतकको शवलाई पोष्टमार्टमका लागि गजेन्द्रनारायणसिंह अस्पताल राजविराज ल्याइएको छ ।

आगलागीबाट १ लाख रुपैयाँ बराबरको धनमाल समेत जलेर नष्ट भएको छ । आगोलाई स्थानीयबासी, प्रहरी र दमकलले नियन्त्रणमा लिएको थियो । साभार अनलाईन खबर

प्रतिक्रिया

सम्बन्धित खवर