उच्च अदालत दिपायलले रेशम चौधरीसहितका ७ जनालाई जिल्ला अदालतकै फैसला सदर गरेको छ। बिहीबार बेलुकी अबेला उच्च अदालत दिपायलका न्यायाधीसद्वय टेकनारायण कुँवर र सीताराम मण्डलको इजलासले जिल्ला अदालत कैलालीको फैसलाविरुद्ध परेको पुनरावेदनमाथि सुनवाइ गर्दै रेशम चौधरीसहितका ७ जनाको हकमा जिल्ला अदालत कैलालीको २०७५ फागुन २२ गतेको फैसला अनुसार जन्म कैद सदर गरेको हो।
रजिल्ला अदालतको फैसला सकेही प्रतिवादीको हकमा मुद्दा उल्टिएको छ। उच्च अदालतका न्यायाधीशद्वय कुँवर र मण्डलको संयुक्त इजलासले बिहीबार सो घटना सम्बन्धी मुद्दाको सुनुवाइ गर्दै कैद गर्ने फैसला सुनाएको थियो। उच्च अदालत दिपायलका निमित्त रजिष्ट्रार सीता रेग्मीका अनुसार प्रतिवादी रेशम चौधरी, हरिनारायण चौधरी, प्रदीप चौधरी, वीरबहादुर चौधरी, राजेश चौधरी, सीताराम चौधरी र गंगाराम चौधरीसहित ७ जनाको हकमा जनही ५ वर्ष कैद सजाय हुने फैसला गरेको हो।
मुलुकी ऐन ज्यान सम्बन्धी महलको १ नम्बरको कसुरमा सोही महलको १३, (३) जन्मकैद हुने र सो महलको १५ नंम्बर बमोजिम ज्यान मार्ने उद्योगमा जनही ५ वर्ष कैद सजायसमेत हुने ठहराई कैलाली जिल्ला अदालतको फैसला मिलेकै देखिँदा सदर हुने अदालतको फैसलामा उल्लेख गरिएको रजिष्टार रेग्मीले बताइन्। यस्तै फैसलामा अभियोग दाबीबाट सफाइ पाउँ भन्ने निज प्रतिवादीहरूको पुनर्वेदन जिकिर र डाँका चोरीमासमेत सजाय गरी पाउँ भन्ने वादी नेपाल सरकारको पुनर्वेदन जिकिर पुग्न सक्दैन भनिएको छ।
प्रतिवादी लक्ष्मण थारुको हकमा भएको फैसलामा मुलुकी ऐन ज्यान सम्बन्धी महलको १ नम्बरको कसुरमा सो महलको १७ (३) बमोजिम सजाय हुने ठहयाई भएको सुरु अदालतको फैसला मिलेको नदेखिँदा निजको हकमा केही उल्टी भई निज प्रतिवादीलाई अभियोग माग दाबी बमोजिम ज्यान सम्बन्धी महलको १ नम्बरको कसुरमा सोही महलको १३ (४) बमोजिम जन्म कैद हुने लेखिएको छ। साथै प्रतिवादी लक्ष्मणको सोही महलको १५ नम्बर बमोजिम ज्यान मार्ने उद्योगमा ५ वर्ष कैद समेत हुने उल्लेख छ।
रयसअघि जिल्ला अदालत कैलालीले थरुहट नेता लक्ष्मण थारुलाई ३ वर्ष जेल सजाय सुनाइएको थियो। उक्त अवधि जेलमा नै काटिसकेकाले उनलाई रिहा गरिएको थियो। रेशमसहितका प्रतिवादीले जिल्ला अदालतको फैसलाविरुद्ध २०७६ फागुनमा उच्च अदालतमा पुनरावेदन गरेका थिए।साभार नागरिक दैनिक