फरकसमाचार संवाददाता
बर्दिया पुस ४ बाँके प्रहरीले लागु औषध ब्राउनसुगर सहित एक जनालाई पक्राउ गरेको छ ।
जिल्ला बाँके कोहलपुर नगरपालिका–११ एन.टि.भी. रोड नजिकै लागु औषध ब्राउन सुगरको कारोबार भईरहेकोे सूचनाको आधारमा लागु औषध नियन्त्रण व्युरो नेपालगंज शाखाबाट खटिएको प्रहरी टोलीले शंकास्पद रहेका कोहलपुर नगरपालिका–१२ चप्परगौडी वस्ने वर्ष ४५ को ईन्द्रमणी गौतमलाई प्रक्राउ गरेको हो ।
गौतमलाई तलासी लिने क्रममा उनले लगाएको पाईन्टको खल्तीमा रहेको सेतो प्लाष्टिकको पुडिया बनाई राखेको ब्राउनसुगर जस्तो धुलो १ पुडिया फेला परेको हो ।
प्रहरीका अनुसार फेला परेको ब्राउनसुगरको तौल गर्दा ४४ ग्राम ५ सय २० मिलिग्राम छ । उनकै खल्तीबाट तौल गर्ने डिजिटल मेसिन थान १ फेला परेको छ । गौतम यस भन्दा पहिला जाजरकोट जिल्लामा लागु औषध चरेस मुद्दामा पक्राउ परेर १८ महिना कैद सजाय भुक्तान गरी छुटेका थिए ।
प्रहरीका अनुसार लागु औषध ऐन २०३३ अनुसार १० देखि १५ वर्ष कैद हुन सक्छ । त्यसैगरी ७५ हजार देखि २ लाखसम्म जरिवाना र पटक पटक लागु औषधकै केस दोहोरिएकोले थप ५ वर्ष कैद सजाय हुन सक्ने । प्रहरीले गौतमलाई हिरासतमा राखी थप अनुसन्धान भईरहेको बाँके जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।