बाँकेवाट बर्दिया सरुवा भएका श्रेष्ठ,बाँकेमा कार्यरत फोकल पर्सन नेपाली र बर्दियावाट राप्ती अस्पताल सरुवा भएका चौधरी।वाया वाट दाया तर्फ क्रमश ।
बर्दिया,पुस ४ (फरकसमाचार)
कोभिड १९ को संक्रमणका वेला लुम्बीनि प्रदेशमा सुचना पारदर्शीका साथ सर्वसाधरण माझ सम्म पुराएर कार्य दक्षतामा निपुर्ण मध्यमा गनिएका जिल्ला स्वास्थ्य कार्यालय,बाँकेका फोकल पर्सन नरेश वावु श्रेष्ठ पहिलो हुन भने दोस्रोमा कोरोनाका संक्रमण कालमा जिम्मेवारीका साथमा सम्हाल्ने मध्यमा पर्छन जिल्ला स्वास्थ्य कार्यालय,बर्दियाका कृष्ण गोपाल चौधरी रतेस्रोमा पर्छन –जिल्ला स्वास्थय कार्यालयका कपिलवस्तुको कुमार थापा ।
कोरोना कालमा अव्वल कर्मचारीको रुपमा बासबाट नागरिक सम्मान समेत पाएका छन् बाँकेका फोकल पर्सन श्रेष्ठले । यसरी कोरोना कालमा तिब्र गतिमा सूचना दिन सक्षम मध्यमा गनिएका कर्मचारी विभागले मनपर्दी सरुवा गर्दा त्यसको प्रत्यक्ष असर सर्वसाधरणमा परेको छ । जसले गर्दा समयमा सूचना पाउँनु पर्ने अधिकारीवाट तीन जिल्लाको सर्वसाधरण विमुख भएका छन् ।
अहिले पनि कोरोना काल सकिएको छैन । मंसिर दोस्रो सातामा बिभागले मनपर्दी सरुवा गर्दा तीन जिल्ला सूचना संप्रषणमा प्रत्यक्ष असर परेको छ ।
कार्यालयको जिम्मेवार बुझेका त्यस्ता व्यत्तिलाई यतिखेर कार्यरत तीन जना फोकल पर्सनको जिल्ला जिल्ला खाँचो छ । तीन जनाको सरुवा स्वास्थ्य मन्त्रालय मनलाग्दाी गर्दा चर्चित फोकल पर्सन काम बिहिन बनेका छन् । सरुवा भएको जिल्लाको वस्तु स्थिति बुझदै छ सूचना प्रबाह रोकिएको छ ।
बाँकेमा राम्रो प्रर्भमेन्स देखाएका नरेशबाबु श्रेष्ठ बर्दियमाा सरुवा गरिदिदा ताजा अपडेट पाउँन समस्या भईरहेको छ ।किनभने यतिखेर बर्दिया जिल्ला वस्तु स्थित उनका लागी नयाँ छ ।
यस्तै,बर्दियाको भौगलिक अवस्था,संक्रमितको अवस्थाको वारेमा जानकार कृष्ण गोपाल चौधरी मनोमानी ढंगले राप्ती अंचल अस्पतालमा सरुवा गर्दा विभागको मनपर्दीको परकाष्ठा भएको स्वास्थ्यकर्मी टिप्पणी गर्छन । यस्तैगरि कपिलवस्तुमा कोरोनाको जिम्मेवारीमा रहेको कुमार थापाको जिल्ला स्वास्थ्य कार्यालय,रोल्पा सरुवा गरिदिदा कोभिड नियन्त्रणका चुस्त दरुस्त काम हुन सकेको छैन ।
यी तीन सक्षम व्यक्तिको नाम आम संचार वा मुलधारका मिडियामा अग्रपंित्तमा नाम आएका कारण विभागका प्रमुखहरुको दम्भको शिकार हुन पुगेको विश्वस्त स्रोत वताउँछ ।
‘कोभिडको वेला सूचना दिने व्यक्ति आमसंचार तथा मिडियामा नाम आयो,’स्रोतले भन्यो,‘मिडियामा दैनिक नाम आउँदा कार्यलय प्रमुख ओझेलमा परेको विभागका प्रमुखको सानो सोचका कारण जिल्लावासीले कोभिडको सूचनावाट विमुख हुन परिरहेको छ ।’
कोरोना महामारी सुरु भएदेखी नै कोरोना फोकल पर्सनको जिम्मेवारी सम्हाल्दै आएका नरेशबाबु श्रेष्ठको सरुवा बर्दिया भएपछि बाँकेका उक्त जिम्मेवारीमा मानव नेपाली छन् । बाँके जिल्लाको सूचना आम संचार छिटो छरितो पुराउँन नसक्दा एक पछि अर्को समस्या आईरहेको स्थानीयको भनाई छ । यसअघि केही दिनकालागि तेज वलीले सुचना अधिकारीको जिम्मेवारी सम्हालेका तिनले पनि काममा निरन्तर दिन नसकेको स्वास्थ्य कार्यालय स्रोतले वतायो । एक महिना भित्रमा दुई वटा फोकल पर्सन परिर्वतन गर्दा समेत जुन गतिमा कोरोना अपडेट हुन नसक्नु बाँके जिल्ला वासीको दुर्भाग्य हो । यस्तो अवस्थामा विभागले कोरोना संक्रमण अवस्थामा फोकल पर्सन परिवर्तन गर्नुले स्वास्थ्य विभाग अन्र्तगत रहेर तल्लो वर्गमा काम गर्ने कर्मचारीको विभाग प्रति तिब्र असन्तुष्टि व्याप्त छ ।
बर्दियाका बार बर्दियाका नगरपालिका शनिवार राती ७२ वर्षिय लौटन थारुको भेरी अस्पतालमा मृत्यु हुने सूचना समयमा सम्प्रेषण हुन नसक्दा वाँकेका फोकल पर्सन नेपाली आलोचित भए ।तीन जिल्लाका श्रेष्ठ,चौधरी र थापाले कोभिड–१९ सँग सम्बन्धित सूचना आदान–प्रदान यस क्षेत्रमा सूचनाका लागि संचारकर्मी लाभान्वित हुदा सर्वसाधरण पनि सूचनाको पहुचमा थिए । कोरोना कहरका लागि खटाईएका तीन जनाले फेसबुक मार्फत म्यासेन्जरमा कोभिड–१९ को सूचना आदान–प्रदान गर्न छुट्टै आईडी बनाई सूचना प्रवाह गर्दै आएका थिए ।
तत्काल सूचना आदान–प्रदान गर्ने आईडीबाट सञ्चारकर्मीहरुलाई रिमूभ गरिएको बाँकेका नयाँ फोकल पर्सन आरोप लागेको छ ।