बुधबार, पुष ०८, २०७७
मा प्रकाशित
0
Shares
८पुस -पूर्वी नवलपरासीको गैँडाकोटमा सामान बोक्ने लोरी ट्रेलर (ट्रक) दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। बुलिङटार गाउँपालिकाको खामबेंसीबाट फर्किन लागेको ना३ख ५३३९ नम्बरको ट्रक गैंडाकोट नगरपालिका–३ घोक्रेफाँटको सेती भिरबाट खस्दा ३ जनाको मृत्यु भएको हो। ट्रक करिब एक सय मिटर तल खसेको छ।
नवलपुरासी पूर्वका प्रहरी नायव उपरीक्षक (डीएसपी) मोहनबहादुर खाँणका अनुसार मृतकको सनाखत हुन सकेको छैन। उनले अहिले स्थानीयको सहयोगमा मृतकको उद्वार भइरहेको जानकारी दिए।साभार नागरिक दैनिक