अलविदा राधा दि हार्दिक श्रद्धाञ्जली ! ! !
सोमबार, पुष १३, २०७७ मा प्रकाशित

शब्द:ज्ञानुमाया रिजाल

दि: तिम्रो पार्थिव शरिरको देह लिला सकिएको पुस १३ गते १३ दिन पुग्यो । तर तिमी अजम्वरी छौ । तिम्रो आत्मा, तिम्रो माया, करूणा र तिम्रो आशिर्वाद हामीसंगै छ । एउटा इमान्दार लिडरमा हुनु पर्ने गुण– निडर र हक्की स्वभाव थियो तिम्रो दि । अरुको दुःखलाई आफ्नो सम्झनु तिम्रो महानता थियो दि ।

तिम्रो आनी,वानी र सरलताजस्ता आदत तिम्रो खुवि टोल वा देशवासीले कहिल्य विर्सन सक्दैनौ । सवैलाई समान दर्जाले हेर्ने दृष्टिकोण हामीलाई सधै याद आईनै रहने छ । राधा दिको अरुको काम गर्दा गर्दा अरुको दुख हेर्दा ह्र्दै दिन बित्थ्यो हामी स्मरण गर्छो ।
गुलरियाको तुलापुर चोकमा निस्कदा चौकको मुहारमा हासो छाएको मैले कहाँ भुल्न सक्छु र ? वेला वखत कुरा गर्दा पार्टी नेतृत्व पंक्तिमा जाने सपना दिको अधुरै भयो । भविष्यको परिकल्पनाको सपना बुन्दा बुन्दै एक्कासि बिरामी हुन पुग्यो दि ।

म स्मरण गर्छु– विरामी पश्यात दिलाई रातारात बर्दिया हस्पिटल पु¥यायौं । अस्पतालका चिकित्सकले कोरोना लक्षण देखिएको छ भनेर उहालाई बाँके नेपालगन्ज रिफर ग¥र्यो । सायद रिफर नगरेको भए बर्दिया अस्तालमा दिलाई गाह्रो भएको थियो । भगवानको आशिर्वादले नेपालगन्ज सम्म दिको मुटुको ढुकुढुकी मात्र लिएर पुग्न सफल भयौ ।

त्यतिवेला बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुवाङ सर हाम्रा लागि भगवान सावित हुनु भयो । दिको नाजुक अवस्था देखेर हामी अतालिएका थियौ । तर कुरुवाङ सर उत्तरदायित्व वहनले हामीलाई हौसला मिल्यो । रातारात कुरुवाङ सरको निर्देशनमा राधा दिको उपचारको लागि चिकित्सक खटिए ।
सिडियो साहेब रात दिन खटेर बिरामी दिलाइ हौसला दिनु भयो । महिना दिन मै चिकित्सकले भेन्टिलटर वाट वाहिर निकाल्न सफल भए । वोल्न सक्ने हुनु भयो । कोभिड कक्षमा गएर भिडियो तयार गरे । फेसवुक मार्फत सयर गर्दा उँहाको वोलि सुन्न वा सुनाउँको लागि शुभचिन्तकले धेरै भन्दा धेरै दिको भिडियो सेयर गरे ।

तर फोक्साकोे थप उपचारको लागि काठमाडौ स्थित शिक्षण अस्पतालमा पु¥याएको दिको पाँच घन्टामै देह लिला समाप्त भयो । दिको अन्तिम गन्तव्य भादा घाट सम्म म पुगे । भगवानले चाहे पछि हाम्रो केहि नलाग्ने रहेछ भन्ने आभास भयो । गहभरी आसु लिएर गुलरियाको तुलापुर फर्कनुको विकल्प रहेन ।
नेपालगन्ज मा धेरै बिरामि कुरुवाङ सरको कारणले बाच्न सफल भएको देख्ने म पनि एक प्रत्यक्षदर्शी पनि हो । उहाँको निस्वार्थ राष्ट्रसेवकको भावनाको हामीले मुक्त कण्ठले प्रशंसा गर्ने पर्छ ।

दि, मेरो जीवन छँदासम्म मेरो ढुकढुकीमा बाँच्नेछौ । दि मेरो जीवनमा रूपान्तरण भएर जीवित छौ जस्तो लागिरहेको छ । तिम्रो देहावसानको शोकमा मन गह्रुंगो हुँदै गर्दा तिमीसँग सँगै हातेमालो गरेर हिँडेका कुराहरु मानसपटलमा ताजै छन् । कतिपटक धार्मीक यात्रा तिमी र मिलेर तय ग¥र्यो । हास्यौ खेल्यो र तिम्रो माया अवस्मरिणय छ । दि तिम्रो सादगी, निश्वार्थ एवं समर्पणपूर्ण जीवनलाई म सधै सम्झन चाहान्छु । तिमीले दिएको अजम्बरी माया । तिम्रो अजम्बरी जीवनगाथाको उत्सव मनाउन चाहन्छु । दि, तिमी महान थियौ, तिम्रो स्वर्गमा बास होस भन्दै जीवन रहे सम्म पुजा गरिरहनेछु ।

प्रतिक्रिया

सम्बन्धित खवर