त्रिभुवन विमानस्थलबाट पेस्तोलका ५० थान गोलीसहित एकजना पक्राउ
सोमबार, पुष २०, २०७७ मा प्रकाशित

२० पुस, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पेस्तोलमा प्रयोग हुने ५० थान गोलीसहित एक जना पक्राउ परेका छन् ।

झापा मेचीनगर-२ का बद्रीहाङ राई ९ एमएमको पेस्तोलको गोलीसहित पक्राउ परेका एसएसपी राजेशनाथ बास्तोलाले जानकारी दिए ।

राई श्री एयरलाइन्सको जहाजबाट भद्रपुर जाँदै थिए । चेकजाँचको क्रममा विमानस्थल सुरक्षा प्रहरी कार्यालयले राईलाई पक्रेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर