सबै क्षेत्र खुल्यो,सीमाको आवगमन कहिले खुल्छ ?
बर्दिया, पुस २४
गुलरिया नगरपालिका टाँगा व्यवसायी रफिक अलि सिद्धिकिलाई विहान र साझको जोहो हुन नसक्दा समस्यामा परेका छन् । पुस्तेनि पेशा संकटमा पर्दा उनी दिन रात छटपटाउँछन् । तर निकास निस्किदैन । कहिले प्रहरीलाई भन्छन् । कहिल्य नगरपालिका धाउछन् । समस्या परेका बेला उनीहरुको व्यथा थाहा हुदा हदै पनि सरकारले सीमा बन्द गरिदिदा टाँगा व्यवसायी समस्या हल हुन सकेको छैन । सिद्धिकि एक प्रतिनिधि पात्र हुन ।
गुलरिया मुर्तिहा टाँगा चलाएर वर्षौ देखि मुखमा माड लगाएका त्यस्ता मजदुर यतिखेर आम्दानी ठप्प छ । ‘घोडालाई नि पाल्न पर्यो,बाल बच्चा पनि भोकै छन’उनले भने,‘हाम्रो भोको पेट भर्नका लागि सीमा आवागमन रोक्न भएन’। उनी भन्छन्,‘विद्यालय खुल्यो,यातायात खुल्यो,टाँगा पनि सीमा सम्म आवगमन गर्न सके भोको पेट हुन्थेन ।’
सरकारको ध्यान आर्कषण गराउँन गुलरिया वडा नम्बर ६ का सरकरालाई शुक्रवार ज्ञापन पत्र बुझाएका छन् । वडा मार्फत प्रमुख जिल्ला अधिकारी समक्ष ज्ञापन पत्र बुझाउँन वडा अध्यक्ष निरज शर्मासँग आग्रह गरे ।
सरकारले लकडाउन गरेपछि सीमामा चल्ने टाँगा यतिखेर बन्द अवस्थामा छ । व्यबसायी टाँगा चलाउन पाउनु पर्ने माग राख्दै टाँगा व्यवसायीले गुलरिया नगरपालिका वडा नं. ६ ज्ञापन पत्रबुझाएका छन् । कोरोना भाईरसका कारण चैत्र ११ गते लकडाउन भए देखि हालसम्म टाँगा आवागमन ठप्प छ । गुलरिया देखि मुर्तिहा सडकखण्डमा चल्ने टाँगा पुनःसंचालनगर्न पाउनु पर्ने माग टाँगा व्यवसायीहरुको छ । टाँगा चलाउने हाम्रो मुख्य पेशा होे । लामो समय देखि टाँगा संचालन नहुदा दैनिक गुजारा चलाउन समस्या रहेको टाँगा व्यवसायीहरुले बताए । गुलरिया देखि मुर्तिहा सडक खण्डमा टाँगा चलाउन वातावरण मिलाउन गुलरिया नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष निरज शर्मा मार्फत प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्रबुझाएको टाँगा व्यवसायी संघका अध्यक्ष रहिस अहमद सिद्दिकीले बताए ।
टाँगा व्यवसायीको समस्या समाधान तत्काल गर्न पर्ने वडा अध्यक्ष निरज शर्माले बताए ।‘टाँगा व्यवसायीमा आश्रित परिवार बिहान साझको जोहो हुन सकेको छैन’उनले भने,‘सीमा सुचारु गर्नका लागि वडा कार्यालय मार्फत प्रमुख जिल्ला अधिकारी ज्ञापन बुझाएका छन् ।’