शुक्रबार, माघ २३, २०७७
मा प्रकाशित
0
Shares
माघ२३,(फरक समाचार)
गोरखा नगरपालिका– ८ ढुङ्गा गाढे नजिकै गाडीको ठक्करबाट शुक्रवार एक महिलाको मृत्यु भएको छ । ग १ ज ७४४६ नम्बरको भ्यानले गोरखा नगरपालिका–८ कि ५८ वर्षिया निरमाया थापालाई ठक्कर दिएको जिल्ला ट्राफिक प्रहरी प्रमुख मित्रलाल ढकालले बताए ।
मृतक थापा विद्यालयमा नाती नातीना पु¥याएर घर फर्कँदै गर्दा आहालेबाट ढुङगागाढे तर्फ जाँदै गरेको भ्यानले ठक्कर दिएको प्रहरीले जनाएको छ । बाटो काट्ने क्रममा थापालाई भ्यानले ठक्कर दिएको हो । उनलाई उपचारको लागि गोरखा अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने सवारी र चालक सक्गुल मियाँ प्रहरी नियन्त्रणमा छन् ।
साभार नागरिक न्यूज़