सशस्त्र प्रहरीद्वारा अवैध कुखुरा नष्ट
शुक्रबार, माघ २३, २०७७ मा प्रकाशित

दलबहादुर सुनार
बर्दिया, माघ २३ / भारतबाट अवैध रुपमा ल्याउदै गरेको कुखुरा सशस्त्र प्रहरीले बरामद गरी नष्ट गरेको छ । सशस्त्र प्रहरी बल नेपाल बोडर आउट पोष्ट कण्ठपुर बर्दियाले सिमानाकामा कडाई गर्न गस्ति परिचालनलाई तिव्र पारेको छ ।

भारतबाट अवैधरुपमा चोरी पैठारी लगाएतका क्रियाकलापमा नियन्त्रण गर्न सिमाना नाकामा बिओपीले कडाई गर्न प्रहरी गस्ति परिचालन गरेको छ ।

कोरोनाको माहामारी नियन्त्रणमा आईनसकेको अवस्था र मुलुकमा फेरी बर्डफ्लु माहामरीको रुपमा आउने होकी भन्ने जनमानसमा त्रास भइरहेको अवस्था छ । तस्करहरुले खुल्ला नाकाको फाइदा उठाएर भारतिय कुखुरा नेपाल भित्र्याउदै गरेरको अवस्थामा २ कुन्टल भन्दा धेरै ब्रोईलर कखुरा शुक्रबार बिओपी कण्ठपुरले कब्जामा लिएको छ ।

सिमानाकामा कडाई गर्न प्रहरीको गस्ति परिचालन गरेपछि बिगतमा जस्तो खुल्ला नाकाबाट अबैध रुपमा हुने धन्दा नियन्त्रणमा आएको बताउदै बिओपी कण्ठपुरका प्रमुख सशस्त्र प्रहरी निरीक्षक नबिन बुढाले जानकारी दिए ।

सशस्त्र प्रहरी निरीक्षक बुढाको कमाण्डमा गएको गस्तिटोलीले बढैयातात–७ स्थित भत्केको पुल नजिकबाट शुक्रबार बिहान साढे ४ बजेको समयमा नियन्त्रणमा लिएको हो । सशस्त्र प्रहरीका अनुसार बरामद बेवारिसे बोइलर कुखुरा मुल्य रु ४८ हजार ५ सय बराबरको छ ।

बढैयाताल गाउँपालिकासंग जोडिएको भारतको बलैई बजारबाट अबैध रुपमा नेपालतर्फ ल्याउदै गरेका बेवारिसे कुखुरा बरामद भएको हो ।
सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको ब्रोईलर कुखुरा बढैयाताल गाउँपालिका–८ का वडा सदस्य अर्जुन थापा, स्थानिय समाज सेबीहरुको उपस्थितिमा डोजरले खाल्टो खनि नष्ट गरिएको बिओपी कण्ठपुरले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर