माघ२५,(फरक समाचार) कञ्चनपुर : " />
नक्कली नोट बनाउने समानसहित दुई जना पक्राउ
आइतबार, माघ २५, २०७७ मा प्रकाशित

माघ२५,(फरक समाचार) कञ्चनपुर : बेलौरी नगरपालिका १० भुडा क्षेत्रबाट नक्कली नोटसहित नक्कली नोट बनाउने सामान सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

 

 

नेपाल भारत सीमा क्षेत्रबाट शनिवार साँझ नक्कली नोट बनाउन प्रयोग हुने सामान र नक्कली नोटसहित पुर्नवास नगरपालिका ६ का ४५ वर्षीय रमेश खाती र काठमाडौं महानगरपालिका १४ बौद्धका ३३ बर्षिय बिष्णु भट्टलाई पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमर बहादुर थापा क्षेत्रीले बताए।

पक्राउ परेका दुबै जना माथि आवश्यक थप अनुसन्धानको कार्य भैरहेको उनले बताए। उनका अनुसार पक्राउ परेकाहरुबाट नक्कली एक हजाको एक थान र पाँच सयका दुई थान नोट बरामद गरिएको छ।

यसैगरी, विभिन्न नोटको साइजमा काटिएका पेपर ३८० थान, काठको केमिल राखेको भाँडो एक थान र स्टीलका थाल दुई थान बरामद गरिएको छ।थाहा खबर बाट

प्रतिक्रिया

सम्बन्धित खवर