दलबहादुर सुनार
बर्दिया,माघ २६ / बढैयातालमा दोश्रो पालिका स्तरीय फुटबल प्रतियोगिताको तयारी तिब्र पारिएको छ ।
मयुर युवा क्लव र कालिका सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रको संंयुक्त आयोजनामा यहि आउदो फागुन १५ गते हुने प्रतियोगितालाई सभ्य र भब्यरुपमा सञ्चालन गर्नका लागि तयारीलाई तिब्र पारीएको आयोजकले जनाएको छ ।
बढैयाताल गाउँ पालिका वडा नम्बर ८ अध्यक्ष सुन्दरमान श्रेष्ठको अध्यक्षतामा आइतबार भएको पत्रकार भेटघाट कार्यक्रममा सो कुराको जानकारी गराईएको हो ।
खेलकुद र विकासमा युवाहरको हाथ ः देशले पाउछ , संमृद्धि र निकास भन्ने नाराका साथ सम्पन्न हुने प्रतियोगितामा बर्दिया जिल्लाका छ वटा नगरपालिका र दुई वटा गाउँ पालिका गरि ८ वटा पालिकाले सहभागिता जनाउने निश्चित भएको आयोजकले जनाएको छ ।
बढैयाताल गाउँ पालिका र वडा न. ८ को आर्थिक सहयोगमा संचालन हुन गइरहेको प्रतियोगितामा सहभागिहुने खेलाडी स्थानिय हुन पर्ने सेना प्रहरीमा संलग्न भएका खेलाडीलाई मान्य नहुने र खेलाडीले आफ्नै पालिकाको जर्सि हुनु पर्ने आयोजकले जनाएको छ ।
गत बर्षको तुलनामा यस बर्ष हुने प्रतियोगिता तुलनात्मक रुपमा स्तरीय हुने र प्रथम हुने लाई १ लाख १ हजार १ सय ११ र द्धितिय हुनेलाई ५५ हजार ५ सय ५५ रुपैयाको पुरस्कारको ब्यवस्था समेत रहेको प्रतियोगिता २०७७ फागुन १५ गते शुरु भई २२ गते सम्पन्न हुने आयोजकले जनाएको छ ।
मयुर युवा क्लबको खेलमैदान बढैयाताल ८ नयाँ बस्तिमा हुने खेल नकाउटको आधारमा खेलाईने आयोजकका सदस्य तथा प्रशिक्षक शम्शेर मल्लले जानकारी दिए ।