वास्तविकता लत्याएर सामाजिक संजालमा भाईरल बन्यो मधुवन ७ वडा नम्बरको समाचार
शुक्रबार, पुष २७, २०८० मा प्रकाशित

बर्दिया,पौष २७ (फरकसमाचार)/ सामाजिक संजालमा मधुवन वडा नं ७ का अध्यक्ष राजेन्द्र हमालले सम्र्पक नभएको भनिएको सिफारिसलाई तथ्य बग्याएर जिउँदो मान्छेलाई मरेको प्रमाणित गरेको भनि सामाजिक संजालमा भाईरल बनाईएको समाचारले बजार ताते पनि एकाएक सेलाएको छ ।

तथ्य बग्याएर मधुवन ७ का अध्यक्ष हमालको टिका टिप्पणी गरेपनि वास्तविकता अर्कै भएको खुलासा भएको छ । वडा नं.७ ले पिडित बनाएको भनिएकाको नै नाता प्रमाणित, हक प्रमाणित गरेको र सिफारिसमा बिगत देखि सम्र्पक नभएको कागज बनाएको पाईएको छ । त्यो कागजले पिडित भनिएको पक्षलाई नै पक्षपोशण गरेको देखिन्छ । अध्यक्ष हमाललाई लगाएको आरोप र वडाले गरेको सिफारिस २०६२ ।१२।१५ देखि सम्र्पकमा नरहेको दुबै उस्तै उस्तै रहेको फरक समाचारलाई उपलब्ध कागजातमा देखिएको छ । प्राप्त कागजातबाट वडा अध्यक्षलाई लगाएको आरोप औचित्यहिन भएको पुष्टि भएको छ ।

विगत केही दिन देखि जिउँदै रहेका आमा र छोरीलाई मृत घोषणाको सिफारिस गरेको भनि प्रकासित समाचार प्रति वडा अध्यक्ष राजेन्द्र हमालले खेद प्रकट गरेका छन् । वडाले मृत घोषणाको नभई १८ वर्ष देखि बेपत्ता भई सम्पर्क बिहिन रहेको गाउँँ सर्जमिनको आधारमा सिफारिस गरेको वडा अध्यक्ष हमालले दावी गरेका छन् ।

बेपत्ता व्यक्तिहरुको मृत्युको न्यायिक घोषणा गर्ने अधिकारी स्थानीय सरकारलाई नभएको वडा अध्यक्ष हमालले बताए । वडा अध्यक्ष हमालले आफुलाई असफल बनाउनका लागि रचिएको षड्यन्त्र गरिएको प्रतिक्रिया दिएका छन् । ‘वडाका सबैलाई चिन्न सकिदैन’वडा अध्यक्ष हमालले भने,‘एउटा गाउँको मानिसले अर्को गाउँको सबैलाई चिन्न बुझ्न र आन्तरिक कुरा थाहा पाउन सक्दैन ।’ वडा सरकारले प्रक्रियामा त्रुटि गरी पिडित बनाउँन खोजिएको देखियो भने दण्ड सजाय भोग्न तयार रहेको उनको जिकिर छ ।

मधुवन नगरपालिका–७ की च्यामश्यो भन्ने मिनमायाले २०६२ साल चैत १५ गते देखि कान्छी सौता र उनकी छोरी घर छाडि हिडेको वेपत्ता भएको १८ वर्ष भईसक्दा वेपत्ताको सिफारिसको लागि वडामा निवेदन दिईन् । निज निवेदक जिल्ला लमजुङ्ग मालपोत कार्यालयबाट पनि निवेदन दिई पत्रिकामा ३५ दिने सुचना र हकदावी सम्बन्धी ३५ दिने सुचना प्रकाशन गरेकी थिईन् ।

मधुवन नगरपालिका–७ कार्यालयमा ३५ दिने सुचना टाँस गरि जानकारी पठाउनु भनि मालपोत कार्यालय लमजुङ्गबाट लेखि आएकोले सो बमोजिम वडाले कार्यालय तथा मालपोत कार्यालयमा पनि हकदावी सम्बन्धी सुचना टाँस गर्दा समेत कुनै पनि व्यक्ति उपस्थित नभएपछि वडाबाट २०६२ साल चैत १५ गते देखि घर छोडि हिडेको र हाल सम्म सम्पर्क नभएको भन्ने मात्र गाउँ सर्जमिनको आधारमा सिफारिस गरेको अध्यक्ष हमालले जनाए ।

२०६२ साल देखि आमा छोरी वेपत्ता भई सम्पर्क बिहीन भएको भन्ने सिफारिस गरेको हो । सो अनुसार जाँच बुझ गरि अदालतबाट खटिएका कर्मचारीले गाउँ सर्जमिन गरि अदालतले मृत्युको न्यायिक घोषणा गरेको हो ।

बेपत्ता रहेकी आमा नरमाया घर्ति र उनको छोरी शखा गुरुङ्ग स्वयम् अदालतमा उपस्थित भएपछि अदालतले मृत्युको न्यायिक घोषणा बदर गरिसकेको छ । न्यायिक मृत घोषणा भएपनि सम्र्पकमा आएमा स्वतह न्यायिक मृत घोषणा रद्ध हुने प्राबधान रहेको छ ।
निवेदन नगरमायाले अदालतमा दर्ता गराएकी निवेदनमा पनि हामी मिति २०६२ साल चैत १५ देखि सम्पर्क बिहीन भएको भन्ने उल्लेख छ ।
मधुवन नगरपालिका–७ कार्यालयले पनि २०६२ साल देखि बेपत्ता भई सम्पर्क बिहिन रहेको गाउँ सर्जमिनको आधारमा सिफारिस मात्र गरेको वडा अध्यक्ष हमालले जानकारी दिए ।

उता, नरमाया घर्तिले वडा अध्यक्षसहित १० जनामाथि जिल्ला अदालतमा जालसाज फिराजपत्र दिएकी छन् । सम्पुर्ण प्रक्रिया पु¥याएर वडाले बेपत्ता भई सम्पर्क बिहीन रहेको सिफारिस गरेको छ । मुद्दा अदालतमा विचारधिन छ । सम्मानित अदालतको फैसला स्विकार गर्ने वडा अध्यक्ष हमालले जनाएका छन् ।

मधुवन नगरपालिका–७ का स्व.सुब्बा गुरुङ्गले २०४६ साल फागुन ६ गते च्यामश्यो भन्ने मिनमायासंग सामाजिक परम्परा अनुसार विवाह गरेका थिए । पहिलो श्रीमतिबाट तीन सन्तान छन् । स्व. सुब्बाले २०६१ सालमा नरमाया घर्तिसंग दोस्रो विवाह गरेका थिए । दोस्रो श्रीमतिबाट शषा गुरुङ्ग जन्मिन् । त्यसपछि २०६२ साल असोज ११ गते सुब्बा गुरुङ्गको मृत्यु भयो । श्रीमानको मृत्युपछि दोस्रो श्रीमति नरमाया घर्ति घर छाडेर बेपत्ता भई सम्पर्क बिहीन भएको खुलेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर