बर्दिया,पौष २९(फरकसमाचार)/ बर्दियाको गेरुवा गाँउपालिकाको शान्ती बजारमा आयोजित खुल्ला ब्याडमिन्टन डबल प्रतियोगितामा गुलरिया नगरपालिकाको नगर व्याडमिन्टन संघको जोडिले प्रथम स्थान ओगेटेको छ । संघका खेलाडी अनुपम न्यौपाने र शरद खड्का जोडिले प्रथम स्थान चुम्न सफल भएका हुन् ।
गुलरियाका खेलाडी न्यौपाने र खड्काको जोडीले राजापुर नगरपालिका नगरपालिकाका खेलाडी सुरेश चौधरी र रुपेश चौधरीलाई हराउँदै प्रथम भएको हो । मधुवन नगरपालिकाका नरेश मल्ल र खेम घलेको टोलीले तृतिय भएको छ ।
बर्दिया र कैलाली जिल्लाका २४ वटा टिमको सहभागिता रहेको उक्त प्रतियोगितामा गुलरियाका खेलाडिले बाजी मारेका हुन । प्रतियोगित प्रथम हुनेले खसी र भेडा उपहार पाएका छन् ।
भलडोग्रे सामुदायिक वन उपभोक्ता समिति गेरुवा २ ले आयोजना गरेको प्रतियोगितामा उदयमान खेलाडिको उपाधि यूवा खेलाडि वसन्त योगिले पाएको गुलरिया नगर व्याडमिन्टन संघका अध्यक्ष यूवराज श्रेष्ठले जानकारी दिए ।