संघियता खारेजीको माग गर्दै राप्रपाले प्रधानमन्त्रीलाई बुझायो ज्ञापनपत्र
बिहिबार, फागुन १०, २०८० मा प्रकाशित

बर्दिया,फागुन १०(फरकसमाचार)/ राजसंस्था, हिन्दु राष्ट्रको पुनस्र्थापना तथा संघियाको खारेजी र भ्रष्टाचारको अन्त्यको माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले ज्ञापनपत्र बुझाएको छ । राप्रपाले बुधबार प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो । राप्रपाको आयोजनामा पार्टी कार्यालय देखि निकालिएको ¥याली जिल्ला प्रशासन कार्यालय आगाडि कोणसभा गरेको थियो ।

कोणसभालाई सम्बोधन गर्दै राजनीतिक, प्रशासनिक सुधार र जनजिविकाको सवालमा हाम्रो माग रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय सदस्य सुर्य बहादुर सिंहले बताए । ‘नेपालको राष्ट्रिय एकताको राजसंस्था स्थापना गर्ने हाम्रो चाहना छ’ सिंहले भने,‘नेपाल सरकारले यो मागलाई यथाशिघ्र कार्यान्वयन गरोस् ।’ त्यसैगरि नेपाल हिन्दु राष्ट्र कायम गर्न अर्को माग रहेको सुनाए ।

प्रदेश संरचना भनेको नेताहरुको दरबन्दी सृजना गर्ने मात्र हो । यसले जनताको हित र आर्थिक सुधार गर्न सक्दैन । त्यसैले अबिलम्ब प्रदेशको संरचनालाई खरेज गरि नेपालको एकतालाई जोड्ने हाम्रो माग रहेको केन्द्रिय सदस्य सिंहले भाषण गरे । जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुनुपर्छ र राष्ट्रपतिको ठाउँमा राजा स्थापित हुनु पर्ने हाम्रो माग हो । त्यसैगरि सरकारी शिक्षक तथा निजामति कर्मचारीहरु पार्टीको भातृ संगठन हुन पाउँदैन । यो व्यवस्था तुरुन्तै खारेजको लागि हामीले आवाज उठाईरहेको केन्द्रिय सदस्य सिंहले भनाई राखे ।

प्रतिक्रिया

सम्बन्धित खवर