बर्दिया,चैत २७(फरकसमाचार)/ अबैध काठसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । गुलरिया नगरपालिका–९ हनुमान चोक रामनगर स्थितबाट प्रहरीले सोमबार अबैध काठसहित दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा गुलरिया नगरपालिका–९ बस्ते ३९ वर्षिय प्रमोद अहिर र २८ वर्षिय संजय यादव रहेका छन् ।
दुवै जनाले सागवन जातको काठ ल्याउँदै गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार ११ वटा सागवन जातको गोलिया काठ ५६ दशमलव ६ क्युफिट बरामद भएको छ । काठ ल्याउन प्रयोग गरिएको चार वटा मोटरसाइकल नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बरामद काठ र मोटर साइकल गरि मुल्य रु १ लाख ९३ हजार २ सय बराबरको छ । काठ,मोटर साइकल र पक्राउ परेका दुई जनालाई आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय गुलरियामा बुझाईएको जिल्ला प्रहरी कार्यालय गुलरियाका डिएसपी तुल्सीराम अर्यालले जानकारी दिए ।