एकीकृत समाजवादी निकट युवाहरुको खबरदारी अभियान
आइतबार, बैशाख ३०, २०८१ मा प्रकाशित

काठमाडौ,वैशाख ३० / नेकपा एकीकृत समाजवादी निकट युवाहरुले राष्ट्रियताका लागि दबाव कार्यक्रम गरेको छ । छिमेकी मुलुक भारतले नेपालको आन्तरिक मामलामा हस्तक्षेप नरोकेको भन्दै युवा संघ नेपालले माइतीघर मण्डलमा खबरदारी कार्यक्रम गरेको हो ।

‘हाम्रो नोटमा हाम्रै देश, आन्तरिक मामलामा नगर हस्तक्षेप’, ‘उठौ युवा एकै साथ, रोकौ भारतीय विस्तारवाद’ लगायत नारा सहित शनिबार दिउँसो युवा संघले प्रदर्शन गरेको छ ।

नेपालमा भारतीय हस्तक्षेप नरोकिएकाले प्रदर्शन गरिएको प्रवक्ता सञ्जिव राईले बताए । सरकारले सय रुपैयाँको नोटमा लिम्पियाधुरासहितको नेपालको नक्सा राख्ने निर्णय गरेपछि भारतीय पक्षले आपत्ति जनाइरहेको छ ।अनलाइनखबरबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर