गुलरियाको भगहर र कृष्णसार ताल पर्यटकिय सम्भावना – वडा अध्यक्ष सुरेश गौतम
बुधबार, जेठ ०२, २०८१ मा प्रकाशित

दीपकलाल श्रेष्ठ

बर्दिया, जेठ २/ गुलरिया नगरपालिका–४ मा दुई वटा ताल पर्यटकिय सम्भावनाले भरिपूर्ण रहेको वडा अध्यक्ष सुरेश गौतमले बताएका छन् । गुलरिया नगरपालिका–४ को हुलाकि सडक नजिक रहेको कृष्णसार ताल, तुल्सीपुर खेल मैदान नजिकको भगहरताल र टप्पर ग्रीन पार्क पर्यटकिय दृष्टिकोणले अति सम्भावना बोकेको छ ।

कृष्णसार तालको इतिहास लामो छ, पुरानो सर्यु नदीको एक भाग खोला हाल अतिक्रमण परे पनि हाल करिब १० बिघा तालको रुपमा रहि आएको छ । ५ दशक पहिले कृष्णसार ताल हुदै निरन्तर पानी बग्ने सानो आकारको खोला नै रहेको कृष्णसार ताल नजिकका स्थानीय गंगाराम गोडियाले बताए ।

कृष्णसार तालसंगै बडा नं ४ मै रहेको भगहरताल रहेको छ । २०४४ सालमा बबई नदिको आएको बाढीबाट कटानबाट बनेको ३० बिघा रहेको स्थान हाल भगहरताल रहेको हो । करिब १ किलोमिटर भन्दा लामो क्षेत्रमा फैलिएको भगहरतालमा पर्यटकिय दृष्टिकोणबाट भरिपुर्ण छ । मास्टर प्लान बनाएर पानीमा चल्ने आधुनिक मोटरबोर्ड सहितको व्यवस्थापन गर्न सके पर्यटकिय आगमनको प्रचुर सम्भावना रहेको अध्यक्ष गौतमको भनाई छ ।

भगहरतालसंगै रहेको टप्पर ग्रीन पार्क समेत रहेकोले पर्यटक आगमनसंगै स्थानीयको आर्थिक कारोबार हुने गौतमले बताए । तालको व्यवस्थापन र व्यवस्थित भएर संचालन गरे गुलरिया, जिल्लाका स्थानीय, बाँके र कैलालीबाट आन्तरिक पर्यटकहरु आगमनको ठुलो सम्भावना रहेको अध्यक्ष गौतमले जनाए ।

गुलरिया बजारमा आर्थिक कारोबारको मन्दी रहिरहेको यो अवस्थामा कृष्णसार ताल र भगहरताल ताल स्तरोन्नति साथ आन्तरिक पर्यटकको आगमनले गुलरियामा पर्यटकिय उच्च सम्भावना रहेकोले यस बिषयमा अब गहन समीक्षा हुन आवश्यक छ । पर्यटकिय सम्भावना रहेको कृष्णसार ताल र भगहरताललाई उच्च प्राथमिकतामा राखेर कार्यक्रम बनाउने वडा अध्यक्ष गौतमले धारणा व्यक्त गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर