नहरमा डुबेर बालकको मृत्यु
शुक्रबार, जेठ ०४, २०८१ मा प्रकाशित

बर्दिया,जेठ ४(फरकसमाचार)/ बबइ नदिको नहरमा डुबेर एक बालकको मृत्यु भएको छ । ठाकुरबाबा नगरपालिका–४ का १३ वर्षिय अनिस थारुको बिहीबार डुबेर मृत्यु भएको हो । मृतक बालक ६ जना साथीहरुसंग ठाकुरबाबा नगरपालिका–४ खैलार स्थित बबइ नदिको नहरमा नुहाउन गएका थिए ।

नहरको पुलबाट हाम फालेका बालक हराएको खबर आए लगत्तै प्रहरीले खोजतलास सुरु गरेको थियो । खोजतलासको क्रममा नहरको पुल देखि ५० मिटर तल नहरमा स्याबलिमा बेरियको अवस्थामा मृत अवस्थामा बालकको शव फेला परेको प्रहरीले जनाएको छ ।

बालकको शव पोष्टमार्टमको लागि गुलरिया अस्पतालमा लगिएको जिल्ला प्रहरी कार्यालय गुलरियाका डिएसपी तुल्सीराम अर्यालले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर